सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका , नेपाली ब्यापारीहरु पनि पक्राउ पर्दै

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकलाई सहयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बुटवल घर भएका सुमन खरेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेको हो । ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सुनसहितको १५५ किलो ब्रेक प्याड बरामद भएको थियो ।

प्रकरणको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएयता यसमा हालसम्म २५ जना पक्राउ परिसकेका छन् ।

अहिले अनुसन्धानका लागि सीआईबीले सुन ल्याइएको हङकङ र सुनको गन्तव्य भारत दुवैमा अनुसन्धान टोली खटाएको छ । हालसम्म सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।

नेपाली पक्षको व्यवस्थापनको काम भने बेल्जियन नागरिक दावा छिरिङले गरेको हुनसक्ने देखिएको सीआईबी स्रोत बताउँछ । संगठित अपराधको कसूरमा सीआईबीले यसका आरोपीलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन पाउँछ ।

हालसम्म यो प्रकरणमा विद्युतीय सिगरेट ९भेप० मार्फत तस्करी भएको ९ किलो सुन पनि जोडिएको छ । ९ किलो सुनका मालिकसँग सम्बन्ध देखिएको आरोपमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि पक्राउ गरेको छ । अनलाइनखबर

सम्बन्धित समाचार

ताजा समाचार