टिकापुरमा आरजुले वैधरूपमा यसरी खरिद गरेकी थिइन् जग्गा, बदनाम गर्न खोज्नेहरूको भण्डाफोर

काठमाडौं । कांग्रेस सांसद आरजु राणा देउवाले आफूले टीकापुरमा प्रतिकट्ठा १५ हजार रुपैयाँका दरले ५० हजार दिएर ३ कठ्ठा ७ धुर जग्गा किनेको र त्यो जग्गा वैध रहेको स्पष्ट पारेकी छन् । टीकापुर जग्गा प्रकरणमा आफूलाई मुछेर समाचारहरू आएपछि नेतृ राणाले उक्त जग्गा आफूले वैध रूपमा खरिद गरेको स्पष्ट पारेकी हुन् ।

‘टीकापुरमा राजा महेन्द्रले पहाडेहरुलाई बसोबास गर्ने भनेर त्यसबेलाका मन्त्री खड्गबहादुर सिंहलाई अह्राइबक्सेको रहेछ, त्यसबेला पुनर्वास भन्ने हुन्थ्यो नि,’ आरजु सामाजिक सञ्जाल टिकटकमार्फत स्पष्ट पारेकी छन्, ‘पछि व्यवस्था परिवर्तन भएपछि कांग्रेसको सरकार हुँदा अछामका देवेन्द्रबहादुर शाह समितिको अध्यक्ष हुनुहुन्थ्यो, त्यसबेला भक्तबहादुर बलायर मन्त्री हुनुहुन्थ्यो । एक दिन उहाँले मलाई फोन गरेर टीकापुरमा जग्गा किन्ने भन्नुभएको थियो ।’ त्यसबेला आफूले टीकापुरको नामै नसुनेको बताउँदै उनले अनकन्टारमा रहेकाले सस्तै हुन्छ भनेर किन्न लगाइएको उनले त्यो बेलाको अवस्थिति सुनाइन् ।

बर्दिया, कैलाली थाहा थियो, टीकापुर थाहा थिएन । कहाँ हो र यो भनेको, यो अलि अनकन्टार पनि छ, राम्रै हुन्छ, सस्तो पनि छ, किनिबक्सियोस् भनेका थिए । त्यसपछि हुन्छ त नि भनेर पैसा सोध्दा ५० हजार रुपैयाँ भनेपछि त्यसबाट एक कठ्ठाको १५ हजारको दरले ३ कट्ठा ७ धुर जग्गा आएको हो,’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘फकिरसिंह कठायत आफ्नै पार्टीको अध्यक्ष बन्नुभयो, समितिले आफ्नै रुल बनाएर दिन पाउने रहेछ, बीचमा अर्कै पार्टीको मान्छे आयो, उहाँको नाम म लिदिन’, उनले भनेकी छन्, ‘उहाँले खड्गबहादुर सिंहको पालामा एक कट्ठाको एक हजारको दरको’ नक्कली बनाएर पूर्जा आह्वान गर्नुभएछ। त्यो बेला ककसले किन्नुभएको थियो, त्यो मान्छेहरु फेरि लिन आउनुस् भनेर आह्वान गरेको रहेछ ।’ त्यो विषयमा पहिले पनि उजुरी परेको र के के गरेर मिलाएको र अहिले उजुरीचाहिँ कांग्रेसकै साथीहरुले खोलाएको उनले बताइन् ।

अहिले रेशम चौधरीको हकमा केही थाहा नभए पनि आफूले किनेको जग्गा भने ु वैध भएको र त्यसमा कुनै विवाद नरहेको उनले बताएकी छन् । ‘मेरो नामको जग्गाको विषयमा पहिल्यैदेखि सम्पत्ति विवरणमा पनि उल्लेख छ, यसमा कैफियत छैन,’ उनले भनेकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार