चीनकै कारण छिमेकमा अशान्ति

संसारमा सबै भन्दा धेरै देशसँग सीमा जोडिएको देश चीन हो। थप महत्त्वपूर्ण विषय भनेको चीनका सीमामा रहेका देशमा जस्तो अन्य देशको सीमामा विविधता छैन। राजनीतिक, आर्थिक र सांस्कृतिक रूपले भिन्न परिवेशका देशसँग चीनको सीमा जोडिएको छ। प्राय देशमा जन घनत्व बढी छ। चीनको सीमामा रहेको उत्तर कोरिया अनुदार शासन व्यवस्था भएको देशको रूपमा चिनिएको छ। म्यानमार सधैँ जसो राजनीतिक तनाव भएको देशहरूको रूपमा परिचित छ। भारत लोकतान्त्रिक देशको पर्याय मानिन्छ।
जापान आर्थिक रूपले सम्पन्न देशको रूपमा रहेको छ भने ताइवान प्रविधिमा अग्रणी मानिन्छ। संयोग नै मान्नुपर्छ यी कुनै पनि देशमा चीनको सम्बन्ध सुमधुर छैन। पछिल्लो समय चीनको ताइवान माथिको अतिक्रमण बढ्दो छ। केही दिन अघि ताइवानी रक्षा मन्त्रालयले आफ्नो देशको सीमा वरपर चीनले गतिविधि बढाएको जनाएको छ। चीनले आफ्नो भूभाग दाबी गर्ने गरेको ताइवानमा पछिल्लो तीन वर्षदेखि बेइजिङले सैन्य दबाब दिएको छ।
पछिल्ला दिन यता ताइवानको विषयलाई लिएर अमेरिका र चीन बिचको तनाव पनि बढेको छ। चीन र भारत बिचको तनाव पनि त्यत्तिकै छ। दक्षिण अफ्रिकामा जारी ब्रिक्स सम्मेलनमा भारतीय र प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिन फिको बिचमा सीमा तनावलाई कम गर्ने विषयमा वार्ता पनि भएको छ।
यी दुई देश बीचको सीमा विवाद तीन वर्ष अगाडि कै हो। पहाडी क्षेत्रमा रहेको लाइन अफ एक्चुएल कन्ट्रोल ९एलएसी० नाम रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमा रेखामा यी दुई देशबीच तनाव सिर्जना भएको हो। पछिल्लो समय केही शान्तिको वातावरण तयार हुनसक्छ परन्तु कुनै चीनले पाकिस्तानलाई लगाउन छिमेकीलाई भारतविरुद्धमा प्रयोग गर्ने नीतिले पूर्ण शान्तिको अपेक्षा भने कमै छ।
सन् २०२० मा एलएसीको यो तनाव चार दशककै सबै भन्दा खराब अवस्थामा पुगेको थियो। जुन १५, २०२० मा यी दुई देश बीचको सीमा विवाद पहिलो पटक बाहिर आएको थियो। गलवाल नदी उपत्यकामा कम्तीमा २० भारतीय सेना तथा चार चिनियाँ सेना मारिएका थिए।
९ डिसेम्बर २०२२ मा ताइवानसँग जोडिएको अरुणाञ्चल प्रदेशको सीमाबाट तीन सय भन्दा बढी चिनियाँ सेना भारतमा प्रवेश गर्ने तयारी गरेपछि यसले अर्को तनाव बढाएको थियो। लद्याखको सीमामा भारत र चीन दुवैले भौतिक संरचना तयार गर्दै आफूलाई केन्द्रित गरेपछि जुनसुकै समयमा झडप हुन् र यसले दुर्घटना निम्तिन सक्ने कारणले संसार नै त्रसित भएको छ।
संसारका सबै भन्दा धेरै जनसङ्ख्या भएका यी दुई देशको बीचमै युद्ध भए यसले ठुलो दुर्घटना निम्तिन सक्ने आशङ्काले संसारका शीर्ष नेताको पनि त्यहाँ चासो बढेको छ। सबै भन्दा आश्चर्य त के छ भने सीमामा भएको दुई देशबीच तनाव भएमा चिनियाँ उपस्थिति त्यस दुई देश बीचमा सहमति कायम गराउने र शान्तिपूर्ण वातावरण तयार गर्नेमा नभई त्यहाँको वातावरण बिगार्नेमा नै केन्द्रित रहने गरेको छ। लामो समयदेखि भारत र पाकिस्तानको सीमा विवादमा पनि चिनियाँ भूमिका नकारात्मक रहँदै आएको छ।

सम्बन्धित समाचार

ताजा समाचार