दार्चुला मार्माकी राजेश्वरी धनगढीमा मृत फेला,लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ

दार्चुला । कैलालीको धनगढीमा रहेको प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन्। बिहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन्।

शिक्षिका डडाल धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकि थिएन । यस्तै घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदिश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताउनुभयो।

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करीब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेकी थिइन्। मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी विवाहित हुन्। उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । किशोरीले सुसाइड नोट समेत लेखेर छोडेको पाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार