वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन घण्टौ हिड्नुपर्ने बाध्यता कायमै

दार्चुला । शैल्यशिखर नगरपालिका–४ का ७२ वर्षीया मानमति भट्टलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा सात घण्टा पैदल हिँड्नुपर्छ । बिहानको झिसमिसँगै सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र गोकुलेश्वर पुग्न सास्ती हुने गरेको छ ।
घरबाट गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म पुग्न ओरालो ३ घण्टा हिड्नुपर्छ, । तर घर फर्किदा भने ४ घण्टा बढि उकालो छ । बर्खाको बेला चिप्लो बाटोमा आवतजावत गर्न समस्या छ । कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छिन् उनी ।
अबेर भए तल गाउँमै बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् । बाटोमा खानेपानी समेत छैन् । बाटो समेत राम्रो बनाइएको छैन् । हरेक तीन महिनामा यसरी धाएको उनले लामो समय भइसक्यो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न उनलाई समस्या हुने गरेको छ । भत्ता बुझ्न बैंकसम्म आफै पुग्नुपर्छ । छोरा भारतमा मजदुरी गर्न गएको छ ।
‘बुढेसकालले अब त उकालो चढ्न सक्दिन्,’ लामो सुस्केरा हाल्दै भट्टले सुनाइन्, ‘कति दिन यसरी हिड्ड्नु ।’ विगतमा घरमै आएर भत्ता दिदा सजिलो हुने गरेको थियो । अहिले भने गाउँमा बैंक नआउँदा कठिन भएको छ ।
उनीसँगै ७० वर्ष पुगेका दामा भट्ट पनि भत्ता लिन अब हिड्डुल गर्न कठिन भएको सुनाउँछन । बैंकमा खाता खोलिएको छ । चेकसाट्नु परे पुग्नै प¥यो । खातामै राख्यो भने, घरमा नुनतेल केले गर्ने भन्ने समस्या हुन्छ । शैल्यशिखर नगरपालिकाको सबैभन्दा विकट वडा नम्बर ४ हो । यो वडासम्म सडक पहँुच पुगेको छैन् । अन्य सबै वडामा सडक पहुँच पुगेको छ ।
मालिकार्जुन गाउँपालिका भरिका जेष्ठ नागरिकलाई पनि अहिले सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या उस्तै छ । माछापुच्छ«े बैंक गाउँपालिकामा छ । सुरुमा बैंक स्थापना हुँदा बैंकले वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सहमति ग¥यो, वडा नम्बर ६ का वडाअध्यक्ष गोकर्णसिह धामीले भने । अहिले बैंकले जेष्ठ नागरिकलाई भत्ताको लागि बैंकमै बोलाउँछ । ९० वर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई कसरी चार पाँच घण्टा हिडेर जाउ भन्नु । १९८५ मा जन्मिएका गुमानसिह थापालाई वडाले सिफारिस गरेर उनकी श्रीमतिलाई भत्ता उपलब्ध गराउन पत्रचार गर्दा पनि बैंकले दिन नमानेको वडाअध्यक्ष धामी बताउँछन् । यति बृद्धहरु कसरी बैंकसम्म लिने रु घर नजिकको सरकार भनेपनि जनताले झन बढि दुख पाउने गरेका छन्, उनले भने ।
दार्चुलाको शैल्यशिखरसँग जोडिएको दोगडाकेदार गाउँपालिकाका जेष्ठ नागरिकको समस्या पनि उस्तै छ । दोगेडाकेदार गाउँपालिका–१ र ६ का स्थानीय सामाजिक सुरक्षा भत्ता लिन गोकुलेश्वर पुग्ने गरेका छन् ।
दोगेडाकेदार–६ सलेनाका ७५ वर्षीया विस्ना भाट दुई दिन हिडेर दार्चुलाको गोकुलेश्वर सामाजिक सुरक्षा भत्ता लिन आउने गरेका छन् । गोकुलेश्वरमा रहेको ग्लोबल बैंकमा भत्ता लिन उनी दुई दिन हिड्नुपरेको उनले बताइन् । ‘एकै दिनमा बैंकसम्म पुग्न सक्दिन,’ उनले भनिन् ‘बाटोमा बास बसेर भत्ता बुझ्न यहाँ आएको हु ।’
सोही ठाउँका ८० वर्षीया नन्दादेवी भाटलाई भत्ता लिन उनका छोरा नारायण भट्टले बोकेर ल्याए । बिहान ५ बजे घरबाट हिडेर भत्ता लिन गोकुलेश्वर पुगे, उनले भने बृद्ध आमालाई बोेकेरै ल्याउनुपरेको छ । गाउँसम्म सडक पहुँच र बैंक नहुँदा यो समस्या भएको हो । दोगडाकेदार क्षेत्रबाट नजिकको बैंक दार्चुलाको शैल्यशिखर स्थित बैंक पर्ने गर्छ ।
‘भत्ता लिन आउने दिन बिहान ५ बजे घरबाट निस्क्नुपर्छ,’ अर्का बृद्ध दौलतसिह कुवरले भने, ‘बिहान बैंक खुल्न अगावै नपुगे यहाँ पनि लाइनमै कुर्नुपर्छ ।’ गाउँमै भत्ता वितरण हुने अवस्था आए बृद्धबृद्धाहरुले दुख पाउने थिएनन्, उनको भनाई छ ।
बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने गर्छ । यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिनेहरु साह«ै कष्टकर यात्रा गर्नुपरेको अनुभव सुनाउँछन् ।
सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् । उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ, शैल्यशिखर–४ का पार्वती भट्टले भनिन् ।
स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासी सुनाउँछन् ।
शैल्यशिखर वडा नम्बर ४ का वडाअध्यक्ष रामसिह ठगुन्ना बृद्धबृद्धालाई सास्ती नहोस् भन्नको लागि कतिपय बेला चेकमा दस्तखत गराएर सम्बन्धित बृद्धबृद्धाको नजिकको मान्छेलाई सिफारिस पठाएर पनि चेक साट्न लगाएको सुनाउँनुहुन्छ । ‘हामीले सक्ने प्रयास गरेका छौ । तर भौगोलिक विकटता र सडक पहुँच नहुँदा अझै केही समय बृद्धबृद्धालाई हिँड्डुलमा समस्या हुने अवस्था देखिएको छ ।’ आफुले बैंकहरुलाई दुर्गम क्षेत्रमा घुम्ती रुपमा भत्ता वितरणको लागि नगरपालिकासँग पहल भइरहेको छ उनले भने ।

सम्बन्धित समाचार

ताजा समाचार