यो वर्ष भदौ ७ र २१ गते गौरापर्व मनाइदै सुदूरपश्चिममा ७ र ८ गते बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले अगामी ७ र ८ गते गौरा पर्वको बिदा दिएको छ । प्रदेश अन्तर्गतका देव–देवालयहरूमा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको हो । सो पर्व मनाउन नेपाल सरकारले भदौ ७ गते सुदूरपश्चिम प्रदेशमा एक दिन र प्रदेश सरकारले भदौ ७ र ८ गते गरेर दुई दिन बिदा दिएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त नेपालका पचाञ्ङ्गहरुमा ९अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत० ले २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको निष्कर्ष सहित विज्ञप्ति निकालेका छन् ।

दार्चुलासहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गौरा पर्वको विषयमा पछि छलफल गर्दा भदौ २१ गते मनाउनु उपयुक्त हुने मत समेत बलियो देखिएको छ । संस्कृति, परम्परा र शास्त्रीय मान्यता अनुसार २१ गतेको गौरा उपयुक्त रहेको स्थानीय ज्योतिषहरूले निष्कर्ष निकालेपछि लेकम क्षेत्रका अधिकांश गाउँ र सुदूरपश्चिमका विभिन्न गाउँठाउँमा भदौ २१ गते गौरा पर्व मनाउने तयारी भइरहेको छ ।

गौराका लागि प्रशिद्द देशकै धाम मालिकार्जुनमा भदौ २१ गते गौरा पर्व मनाइने बताइएको छ । मालिकार्जुनसहित लेकम क्षेत्रका अधिकांश देव(देवालय ९मन्दिर० हरूमा भदौ २१ गते गौरा मनाइने सरोकारवालाहरू बताउछन् ।

यो पनि पढ्नुहोस
यो वर्ष दुई दिन गौरास् २१ गते मनाउने ज्योतिष भेलाको निर्णय, ७ गते शास्त्रसम्मत हुने पञ्चाङ्गको दाबी

ज्योतिषहरूविचको मतभेदका कारण सुदूरपश्चिममै यो वर्ष दुई दिन गौरा पर्व मनाइने भएको छ । यो वर्षको गौरा पर्व भदौ ७ गते मनाउने कि २१ गते मनाउने भन्नेमा वहस भइरहेको बेला विभिन्न ठाउँ विशेष फरकफरक निर्णय भइरहेका छन् । केही दिन पहिले विरूडापञ्चमी १८ गते र गौरा पर्व भदौ २१ गते मनाउने गरि देशकै प्रशिद्द धाम मालिकार्जुनमा अधिकांश अठोलासहित ज्योतिषहरूको भेलाले निष्कर्ष निकालेका बेला अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत राष्ट्रिय पञ्चाङ्गहरूले ७ गते गौरापर्व मनाउनु शास्त्रसम्मत रहेको भन्दै विज्ञप्ति निकालेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेका पञ्चाङ्गले भदौ ७ गते नै गौरापर्व मनाउनु शास्त्रसम्मत हुनेमा जोड दिएका छन । गौरापर्व विरुडा पञ्चमीदेखि अष्टमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा समेत गौरापर्वको अवसरमा डेउडा लगायत विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषहरूको फरकफरक दृष्टिकोणका कारण दुई तिथिमितिमा हुने भएको हो ।

मालिकार्जुन विकास समितिको सहजिकरणमा देशकै प्रशिद्द धाम मालिकार्जुनमा साउन २२ गते ज्योतिषहरूको भेलाले भदौँ १८ गते बिरूडापञ्चमी र २१ गते गौरापर्व मनाउने निष्कर्ष निकालेपछि लेकम क्षेत्रका अधिकांश गाउँमा २१ गते गौरा मनाउने गरि तयारी भइरहेको छ । गौरा पर्व भदौँ ७ गते कि २१ गते मनाउने भन्नेमा मतभेद देखिएको बेला दार्चुला जिल्लाका प्रशिद्द ज्योतिषहरूको भेलाले गम्भीरतापूर्वक छलफल गर्दै २१ गते मनाउनु नै उपयुक्त हुने निष्कर्ष निकालेको अठोला ज्योतिष ईन्द्रदेब जोशीले जानकारी दिनुभयो । उक्त भेलामा ७ गते र २१ गते दुबै दिनको पक्षमा ज्योतिषहरूले खुलेर बहस गरेका थिए । डिल्लीराज जोशी लगायत केही ज्योतिषले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार ७ गते गौरा पर्व भएकोले सोही अनुसार मनाउनुपर्ने तर्क राखेका थिए । अठोला पञ्चाङ्गकार डिल्लिराज जोशी, शुभ पञ्चाङ्गकार दामोदर जोशी लगायतले भने ७ गतेकै गौरा पर्व शास्त्रसम्मत हुने दाबी गर्नुभएको छ । भेलामा सहभागी अधिकांश ज्योतिषहरूले महिलाहरूले एकादशी व्रत उपासना नगरिकनै दुर्वाष्टमी ९गौरा अष्ठमी० पर्वमा सरिक हुन नमिल्ने भएकोले २१ गते नै गौरापर्व मनाउनु पर्ने र उक्त दिन गौराका लागि उपयुक्त रहेको निष्कर्ष निकालेका थिए ।

हाम्रो शास्त्र, संस्कृति, परम्परा, रितिरिवाज अनुसार १८ गते नै बिरुडा पञ्चमी र २१ गते दूर्वाष्टमी गौरा पर्व मनाउनु उपयुक्त छ भन्ने निष्कर्ष निकालेका हौँ, ज्योतिष हरिदत्त जोशीले भन्नुभयो । सुक्ल पक्षमा दुर्गाष्टमीको ब्रत परेमा जेष्ठा नक्षत्रको भोग हुनै पर्ने र जेष्ठा नक्षत्रको पुजाआजा महिलाहरुले गर्नैपर्ने तथा कृष्ण पक्षमा गौराष्ठमी परेमा अष्ठमीको दिन रोहणी नक्षत्रले भोग गरेको हुनैपर्ने शास्त्रीय मान्यता रहेकोले ७ गते भन्दा २१ गतेको गौरा नै उपयुक्त रहेको ज्योतिषहरूको निष्कर्ष थियो । मालिकार्जुन धामसहित दार्चुलाका अधिकांश मन्दिरमा २१ गते गौरा हुने सरोकारवालाहरूले खबर पठाएका छन् ।

ज्योतिषहरूनै आपसमा विभाजित भएपछि सुदूरपश्चिममा यो वर्ष भदौ ७ र २१ गते दुई दिन गौरा पर्व मनाइने अवस्था देखिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार