समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा गर्नका लागि लामो यात्रा तय गर्न बाँकी रहेको बताउनुभयो । उहाँले नागरिकको जीवनमा परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । नागरिकको जीवनमा परिवर्तन ल्याउने, समृद्ध नेपाल सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिकरूपमा केही संरचनागत परिवर्तनहरू भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन । केवल शुरुवात भएको छ । यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी नै छन् । हामीले नागरिकको बीचमा गएर नै ती सम्भावनाहरूको खोजी गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले गौतमबुद्धदेखि अन्य विचारकहरूले मानव जीवनको सुख र शान्तिको बहालीलाई नै आफ्नो खोजको विषय र लक्ष्य बनाएको बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार