दुहुँमा एमाले उम्मेदवार ठगुन्नाको भव्य स्वागत, काग्रेंसका जिल्ला सदस्य बम एमालेमा प्रवेश

नेकपा एमाले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिह ठगुन्ना नेतृत्वको टोलीको दुहुँमा भव्य स्वागत गरिएको छ । चुनावी प्रचारप्रसार अन्तर्गत वडान म्बर ३, ४ र ५ मा मंगलबार भएको भेटघाट कार्यक्रममा उनको भव्य स्वागत गरिएको हो ।
पहिलो चरणमा सबै स्थानीय तहको भेटघाट सकेर दोस्रो चरण अन्तर्गत ठगुन्ना दुहुँ पुगेका हुन् । उम्मेदवार ठगुन्ना नेतृत्वको टोलीले वडा नम्बर ३ को खेतीगाउँ, बोहरीगाउँ, कार्की गाउँ, बाटमुनि, फारा तथा वडा नम्बर ४ र ५ को बरमाण्डौंमा भेटघाट गरेको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए ।
सो कार्यक्रम अन्तर्गत बरमाण्डौंमा भएको कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला कार्य समिति सदस्य मानबहादुर बम नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीसँगै हरिचनदेवका पुजारी विसनबहादुर कुँवर, नेपाली काग्रेंसका क्रियाशिल सदस्य बीर बहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका योगेन्द्रसिह लोथ्याल, भूतपूर्व सैनिक नरेन्द्रसिह लोथ्याल, वडा नम्बर ५ का रबन्द्रि बहादुर कुँवरले नेकपा एमाले प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा उम्मेदवार ठगुन्नाले टिका लगाएर स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै मानबहादुर बमले पार्टीमा मूल्यांकन नहुने, पार्टीको नीति सिद्धान्तबाट काग्रेस विचलन भएको भन्दै नेकपा एमाले प्रवेश गरेको बताए । बमका अनुसार अहिलेको अवस्थामा दार्चुलाको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्छ भन्ने आममानिसको बुझाई रहेको भन्दै विकास निर्माण र राष्ट्रियताको रक्षाको लागि एमालेलाई जिताउन आफु लागि पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ठगुन्नाले जनताको समस्या समाधान गर्न विगतदेखि आफुले काम गरेको भन्दै अझै आफुले सुरु गरेका जिल्लाका विकास निर्माण आफैले पूरा गर्ने बताए ।

सम्बन्धित समाचार

ताजा समाचार