जोलजिवी अन्तर्राष्ट्रिय ब्यापार मेलाको वदलिदो स्वरुप र पर्यटन विकासको संभावना

डी आर लोहार                       

परिचय

  दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका ७ जोलजिवी गाउ प्राकृतिक रुपमा, नेपाल भारत सीमानदी महकाली तथा गोरी संगम, ब्यापारिक रुपमा, नेपाल भारत र चिनको ऐतिहासिक महत्व भएको जोलजिवी मेला, पर्यटकीय रुपमा, मालिकार्जुन देशको सातौधाम, उकुमहलको भग्नावशेष, धार्मिक महत्वका प्राचिन मन्दिरहरु, कैलास मानसरोवर तथा अपिहिमाल पर्यटकीय क्षेत्र जाने महाकाली कोरिडोर मार्ग, सास्कृतिक पहिचान र सवै जातजातिको वसोवास रहेको एक सुन्दर गाउँ जोलजिवी समयक्रम र आधुनिक विकास अवस्था परिवर्तन संगै एक पर्यटकीय स्थलको रुपमा विकासको सभावना वोकेको छ ।

जोलजीवीमा प्राचिन काल देखि नेपाल भारत र चिनको स्वशाशित क्षेत्र तिव्वत समेतको अन्तर्राष्ट्रिय धार्मिक मेलाको रुपमा शुरुवात भए पनि पछि 18औ सताव्दीमा  यस क्षेत्रको ब्यपारिक मेलाको रुपमा विकसित भयो जहा नेपाल  भारत र तिव्वत ब्यापारिक केन्द्र रहेको छ । अहिले यायायात संचारकै विकासले दैनिक उपयोगका वस्तु गाउ गाउमा उपलब्ध हुने अवस्था सृजनाको अवस्थाले खासै ब्यापार भएको दैखिदैन ।अव यातायात र संचार विकास संगै यो अन्तर्राष्ट्रिय मेलालाई पर्यटन र सास्कृतिक केन्द्रको केन्द्रको रुपमा विकास गर्नु पर्छ ।

पर्यटन विकासको सभावना

२०७५ साल देखि  मालिकार्जुन गाउपालिकाले नेपाल तिर मेला ब्यवस्थापन गर्दै आएको छ । अव यो क्षेत्रको पर्यटनको विकासका लागि पुर्वाधार निर्माण गर्न स्थानीय प्रदेश र नेपाल सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको छ । अहिले पर्यटन विकास केवल मठ मन्दिरको मात्रैले पुग्दैन । गाउमा 10 जना पर्यटक आए खानपिन र वास ब्यवस्थापन गर्न सक्ने अवस्था छैन । यहा पर्यटकको वास गर्ने कुनै होटल वा होम स्टे उपलब्ध छैनन ।

 यस क्षेत्रका पर्यटकीय गाउहरुमा पर्यटकहरुको वास तथा खानपिन सुविधाहरुको लागि होम स्टे निर्माण र प्रर्वद्धन पर्यटक ओसार पसारका लागि पर्यटकीय वाहनको ब्यवस्थापन, पर्यटक सुचना केन्द्र स्थापना तथा स्थानीय कला संस्कृति विकास र सरक्षणका गरी ग्रामीण पर्यटनको विकासका लागि मालिकार्जुन गाउपालिकाको ७ जोलजिवीमा पर्यटन पुर्वाधार विकास तथा रोजगार आयोजना संचालनको आवश्यकता रहेको छ । साझा विकासका लागि दलगत राजनीति र स्वार्थ त्यागी आग्रह पुर्वाग्रह भन्दा माथि उठि पर्यटन विकास मार्फत रोजगारी सृजना अहिलेको आवश्यकता हो । गत वर्ष देखि जोलजिवीलाई पर्यटन र सस्कृतिको केन्द्रको रुपमा विकास गर्ने अवधारणाको शुरुवात गरिएको छ । यो अवधारणालाई अगाडी वढाउन यस क्षेत्रका जनप्रतिनिधि प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पुर्व मन्त्री लक्ष्मी विकको पहलमा पर्यटन विकासका लागि निम्न कार्य गर्ने योजना वनाईएको छ ।

क- होम स्टे निर्माण तथा प्रवर्द्धन कार्यक्रम – पर्यटकहरुको आवास तथा खानपिन ब्यवस्थापनका लागि होम स्टे निर्माण तथा प्रर्वद्धन कार्यक्रम अन्तरगत (जोलजिवी सामुदायिक पर्यटकीय होम स्टे निर्माण) र संचालन गर्ने तथा पर्यटन क्षेत्रका गाउमा शौचालय, पदमार्ग निर्माण, खानेपानी, विधुत ईन्टरनेट तथा पर्यटक सुचना केन्द्र स्थापना गर्ने ।

ख- पर्यटन प्रर्वद्धन तथा बजार पहुच – आन्तरिक तथा वाह्य पर्यटकहरुको आवत जावतका लागि सार्वजनिक तथा निजी साझेदारीमा प्रदेश सरकारको अनुदानमा पर्यटकीय वाहन संचालन गर्ने, डिजिटल मञ्च वेवसाईड एप्स निर्माण राष्ट्रिय अन्तराष्ट्रिय मेलामा सहभागीता तथा जिल्लाका पर्यटकीय महत्व रहेका स्थानको प्रचार प्रसार सामाग्री वनाई प्रचार गर्ने ।

ग- क्षमता अभिवृद्धि –आतिथ्थता, खाना पकाउने, गाईड तालिम कृषि उत्पादन हस्तकला तथा हातले बनाईने वस्तु तालिम

घ- ब्यवस्थापन संरचना – जोलजिवी पर्यटन विकास समिति गठन गरी सार्वजनिक सामुदायिक साझेदारी मोडलमा प्रदेश सरकारले ग्रामिण पर्यटन राेजगार याेजना संचालन गरिनु पर्छ ।

ङ- एतिहासिक जोलजिवी ब्यापारिक, सांस्कृतिक तथा पर्यटकीय मेला प्रर्वद्धन – करिव २०० वर्ष ईतिहास वोकेको यस क्षेत्रको प्रसिद्ध जोलजिवी मेलालाई पर्यटकीय मेलामा रुपान्तरण गर्ने ।

६-संभावित रोजगारीका क्षेत्रहरु – होम स्टे संचालन  र स्थानीय गाईडको हस्तकला तथा परम्परागत उत्पादन र स्थानीय कृषि उत्पादनको क्षेत्र  सास्कृतिक प्रस्तुति /लोक कार्यक्रम वाट रोजगारी सिर्जना गरिनेछ ।

ऐतिहासिक सिहावलोकन

जौलजीबी मेला (Jauljibi Mela) हिमालय क्षेत्रको एक प्राचीन, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण व्यापारिक मेला हो। भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्ला र नेपालको दार्चुला जिल्लाको सीमामा अवस्थित जौलजीबी गाउँमा महाकाली र गोरी नदीको संगममा आयोजना हुन्छ।

यो मेलाको स्थापना सन् १९१४ मा अस्कोटका तत्कालीन राजा गजेन्द्र बहादुर पाल ले गरेका थिए,तर केही अन्य स्रोतले यो मेला सन् १८७१ मा राजा पुष्कर पाल ले सुरु गरेको उल्लेख गर्दछन् । उनले सीमान्त क्षेत्रमा व्यापारिक गतिविधि बढाउन, र स्थानीय जनतालाई टनकपुर वा अल्मोडा जस्ता टाढाको बजारमा पुग्नुपर्ने अवस्था समाप्त गर्न यो मेला सुरु गरेका थिए । मेलाको आयोजनाको लागि उनले भारतका आगरा, मथुरा, बरेली, दिल्ली, मुरादाबाद, काशीपुर, रामनगर लगायतका सहरहरूबाट व्यापारीहरूलाई आमन्त्रित गरेका थिएजौलजीबीमा ज्वालेश्वर महादेव को प्राचीन मन्दिर रहेको छI यस क्षेत्रको धार्मिक महत्व पनि मेलाको उत्पत्तिको एक प्रमुख आधार हो। मार्गशीर्ष महिनाको वृश्चिक संक्रान्तिको दिन काली-गोरीको संगममा स्नान गरी मेला सुरु हुने परम्परा रहेको छ । सुरुमा यो मेला एक धार्मिक तथा व्यापारिक समागमको रूपमा सुरु भएको थियो।

प्राचीन व्यापारिक मार्ग: हिमालय क्षेत्रमा ईसा पूर्व १००० देखि नै तिब्बत, नेपाल, भारत र मध्य एसियाबीच व्यापारिक मार्गहरू थिए। जौलजीबी महाकाली नदीको संगम (काली र गोरी गंगा नदीको मिलन) मा पर्छ, जसलाई प्राचीन “काली-गोरी संगम” भनिन्छ। यो स्थान तिब्बतबाट आउने ऊनी सामान, जडीबुटी र नुनको व्यापारिक केन्द्र थियो। ऐतिहासिक प्रमाण: पुरातात्विक उत्खनन र ब्रिटिसकालीन दस्तावेजहरू (जस्तै: एटकिन्सनको Himalayan Gazetteer, १८८२) अनुसार, यो क्षेत्र कत्युरी राजवंश (७औ-११औँ शताब्दी) को समयमा व्यापारिक हब थियो। कत्युरीहरूले तिब्बतसँग नुन, ऊन र घोडाको व्यापार गर्थे, जसमा जौलजीबी मुख्य नाका थियो।नेपालतर्फ दार्चुला जिल्लाको खलंगा र जौलजीबी सीमाना प्राचीन “दार्चुला लिपु पास” सँग जोडिएको छ, जसबाट तिब्बती व्यापारीहरू नेपाल हुँदै भारत आउँथे।

मध्यकालीन विकास (१२औँ-१८औँ शताब्दी): चन्द राजवंश (कुमाउँ) र गोरखा राज्य (नेपाल) को समयमा यो मेला औपचारिक रूप लियो। नेपालका गोरखाली राजाहरूले तिब्बतसँगको युद्ध (१७९०-९२) पछि सीमा व्यापारलाई प्रोत्साहन दिए। जौलजीबीमा लाग्ने मेला नेपाल-कुमाउँबीचको सन्धि (१७९०) पछि नियमित भयो। यो समयमा मेला व्यापार मात्र नभई धार्मिक मेला पनि बन्यो, जहाँ जयन्ती देवी ब्रिटिस प्रभाव: १८१५ मा नेपाल-ब्रिटिस युद्ध (सुगौली सन्धि) पछि महाकाली नदी नेपाल-भारतको सीमा बन्यो। जौलजीबी सीमा नाका भयो। ब्रिटिसहरूले यो मेलालाई “Jauljibi Fair” भनेर दस्तावेजीकरण गरे (देख्नुहोस्: Pithoragarh District Gazetteer, १९०५) ।

व्यापारिक महत्व: तिब्बतबाट नुन, ऊन, पश्मिना, जडीबुटी (यार्सागुम्बा, कुट्की) आउँथे। भारतबाट चामल, कपडा, मसला, फलफूल जान्थे। नेपाली व्यापारीहरू दार्चुला, बैतडीबाट घोडा, खच्चड लिएर आउँथे।जनसंख्या र सहभागिता: मेलामा ५०,००० भन्दा बढी मानिस आउँथे। ब्रिटिस अधिकारीहरूले यसलाई “हिमालयको कुम्भमेला” भनेका थिए किनकि यो व्यापार र धर्मको संयोजन थियो।सांस्कृतिक पक्ष: मेलामा कुमाउनी लोकनृत्य (झोड़ा, चांचरी), रंग संस्कृति डोटेली डेउडा र दमाह बाजा बज्थे। घोडा दौड र घोडा बिक्री मुख्य आकर्षण थिए।स्वतन्त्रता पछि र आधुनिक समय (१९४७ देखि हालसम्म)

नेपाल-भारत सम्बन्ध: १९५० को नेपाल-भारत मैत्री सन्धिले खुला सीमा कायम राख्यो। जौलजीबी मेला दुवै देशको साझा सम्पदा बन्यो। १९६० को दशकमा भारतले पिथौरागढ-जौलजीबी सडक बनायो, जसले मेलालाई थप पहुँचयोग्य बनायो।व्यापारमा गिरावट: १९६२ को भारत-चीन युद्ध पछि तिब्बतसँगको सीमा बन्द भयो। नुन र ऊनको व्यापार घट्यो। अब मेलामा स्थानीय उत्पादन (हस्तकला, जडीबुटी, पशु) र भारतीय सामान (कपडा, इलेक्ट्रोनिक्स) बढी हुन्छ।पर्यटन र संस्कृति: १९८० को दशकदेखि उत्तराखण्ड सरकार र नेपालको दार्चुला जिल्ला प्रशासनले मेलालाई पर्यटकीय बनाए। २०२३ मा मेलामा १ लाखभन्दा बढी सहभागी थिए (उत्तराखण्ड पर्यटन विभागको तथ्यांक) ।कोभिड प्रभाव: २०२०-२१ मा मेला स्थगित भयो, तर २०२२ देखि पुनः सुरु भयो।हालको स्वरूप: मेला कार्तिक पूर्णिमा (२०२५ मा नोभेम्बर १५ तारिख आसपास) मा सुरु हुन्छ। मुख्य आकर्षणहरू:व्यापार: घोडा, उनि कपडा, घरायसी समान, हस्तकला, जडीबुटी।धार्मिक: महाकाली र गोरी गंगा संगममा स्नान पूजा, मन्दिर दर्शन।सांस्कृतिक: लोकनृत्य, रंग संस्कृति र अन्य प्रतियोगिता।सहभागी: भारतका उत्तराखण्ड, उत्तर प्रदेश, नेपालका दार्चुला, बैतडी, डडेल्धुरा, जुम्ला र तिब्बतीहरू।सांस्कृतिक महत्व: यो मेला कुमाउनी, डोटेली र नेपाली संस्कृतिको संगम हो। यो नेपाल-भारत मैत्रीको प्रतीक हो।आर्थिक महत्व: स्थानीयलाई वार्षिक ५-१० करोडको व्यापार (अनुमानित)।

चुनौतीहरू: जलवायु परिवर्तनले महाकाली नदीको बाढी, सडक अभाव, तिब्बत व्यापार बन्द। दुवै देशले संरक्षणका लागि संयुक्त समिति बनाएका छन्।घोडा व्यापारमा गिरावट: सडक निर्माणले ग्रामीण क्षेत्रमा यातायात सहज भएपछि घोडाको माग र व्यापारमा ठूलो गिरावट आएको छ ।आधुनिकताको प्रभाव: ऑनलाइन व्यापार र मलहरूको बढ्दो प्रचलनले पनि परम्परागत व्यापारिक मेलाहरूलाई असर गरेको छ । हाल भारतले १४ नोभेम्बरमा र नेपालले १७ नोभेम्बरमा अलग-अलग आयोजना गर्न थालेका छन l

  स्थानीय जनताको सहभागितामा सामुदायिक समाजवाद अवधारणा र अभ्यास गर्न यो क्षेत्रको पर्यटनको प्रर्वद्धन तथा विकास गरी रोजगारी समेत सृजना गर्ने समेतको सामुदाय र सरकारको लगानीमा सामुहिक प्रतिफल प्राप्तिका लागि जोलजिवी सामुदायिक पर्यटकीय हाम स्टे नामक संस्था दर्ता गरि काम शुरुवात गरिएको छ ।

शन्दर्भ समाग्री

1. Atkinson, E.T. (1882). The Himalayan Gazetteer.

2. उत्तराखण्ड पर्यटन विभागको वार्षिक प्रतिवेदन।

3. नेपालको दार्चुला जिल्ला प्रशासनको अभिलेख।

                                   लेखक  नेपाल न्याय सेवाका अधिकृत तथा  स्थानीय निवासी हुन ।

सम्बन्धित समाचार

ताजा समाचार