दीपा भण्डारी : “महिलाहरूका लागि नाइँ भन्न सक्नु केवल शब्द होइन, जीवन परिवर्तन गर्ने शक्ति हुन सक्छ“–
एक दिनको कुरा हो । “त्यो पहिलो पटक मैले कसैको चिया प्रस्ताव इन्कार गरेकी थिएँ… मेरो नाम बदलिएको थियो ।
सम्झौतामा रमाउनेहरुलाई कोहि अडिग हँुदा घमण्ड लाग्दोरहेछ त ठिक छ । म आफ्नो निर्णयमा अड्किन्छु मलाई कसरी र कुन नामले चिने त्यो उनीहरुको सोचाइ र क्षमता हो ।
”समयसँगै स्वाद फेरिन्छ,परिस्थिति बदलिन्छ, सोच बदलिन्छ, परिवेश बदलिन्छ तर आफूलाई बुझ्ने क्षणले तितोपनालाई पनि मिठास बनाइदिन्छ र मिठोलाई तितो; जुन हरेक पल स्मृतिमा अमर रहन्छन् । मलाई लाग्छ ’नाइँ ’ भन्नु अपराध होइन, त्यो आत्मसम्मानको संकेत हो , आफ्नो निर्णय हो र आफ्नो निर्णय गर्न पाउने अधिकार सबैको हुन्छ ।

अब म मेरो बारे थोरै लेख्छु : म चिया पारखी, मलाई चिया औधी मनपर्छ । कहिले घरमा , कहिले बाहिर, कहिले परिवारसंग, कहिले साथीहरूसंग त कहिले एक्लै पनि । मलाई यो जति जहाँ जोसंग हुदा चिया खानु र म एक्लै हुदा खाने चियामा निकै भिन्नता पाउछु किनकी म एक्लै हुदा खाने मेरो चियाले मेरा सोचाइ, मेरा भावना, मेरा कमजोरी, मेरा दुःख–सुख, मेरो पीडा र अप्ठ्यारोलाई अलिकति पर सार्न र अप्ठ्यारोमा सहयोग गरेको म महसुस गर्छु ।..मलाई तातो कपमा साचो कुरा, निस्वार्थ प्रेम, सच्चा आत्मीयता चाहिन्छ, जहाँ झुट्को सुगन्ध रति पनि नहोस् । तर कहाँ हुन्छ र सोचे जस्तै प्रायः म हर कसैको चिया प्रस्ताव इन्कार गर्थे, गर्छु र गरिरहने छु …
केहि दिनको कुरा हो । एक अपरिचित नम्बरबाट फोन आयो हलो नमस्ते दीपा जि, अलिकति लजालु स्वभावमा मैले नमस्कार फर्काए, उताबाट फेरि चिया खान आउनु भन्नू भयो मैले हजुरको बोल्नु भयो ? नम्बर सेभ छैन चिन्न गार्हो भयो भने उहाँले फोन काट्नु भयो । मैले कल ब्याक गरिन किनकी अलिकति बेस्तता थियो मैले मत्लब नि गरिन । म प्रायः साथीहरू भेटिरहने हाम्रो भेटमा कहिले साथीहरूको घरमा त कहिले बजारमा चिया खाने क्रम चलिरहन्छ …म आफ्नो सुख दुःख जे भएपनि सामाजिक संजालमा एक्टिभ हुन मन पराउछु । यसैगरी मेरो साथीहरूसंगको भेट पनि बाक्लिदै जान्छ म प्रायः साथीहरू संग नै हुन्छु । मलाई मेरो साथीहरूले के कसरी चिनेका छन उनीहरुलाई नै थाहा छ .. म अनि मेरो मन . मेरो सोच र मेरा काम)
त्यो एक दिन जुन दिन देखि मलाई घमण्डिको उपनाम मिल्यो । शनिबार थियो दिउँसो एक बजेको समयमा अपरिचित एउटा नम्बरबाट फोन आयो मैले फोन उठाए ! सन्चै हुनुहुन्छ उताबाट बोल्नु भयो ..मैले नचिनेको मान्छे हल्का निराश हुँदै ठिक छु तर नम्बर सेभ छैन चिन्न अलिकति अप्ठ्यारो भयो ..
फेरि उताबाट तपाईं ठुलोबडो मान्छे हामी जस्ताको नम्बर किन सेभ गर्नु हुन्थ्यो त आउनुहोस् चिया खान अनि चिन्नु हुन्छ । यो कुरा मलाई मन परेन ..मैले म बिजि छु यतिकैमा उहाले त्यस्तो के काम गर्न थालेको छौं जुन चिया खान समेत फुर्सद नहुने ..
वास्तमा नचिनेको मान्छेसंग चिया खान नजाने सोचेर मैले इन्कारेको मात्र हुँ । तर उहाले चिन्न त परै जावस उल्टै काम माथी नै टिप्पणी गर्नुभयो । मैले भन्ने शब्द थिएन तर बाध्यताले मैले बोल्नै पर्छ काम त खास केही होइन आजभोलि अलिकति बिजि छु यतिकैमा फोन काटे फेरि कहिले फोन आएन …
एक अपरिचित ब्यक्तिले चिया प्रस्ताव राख्दा इन्कारे र मेरो नाम बदलिएको धेरै पछि आफ्न्तबाट सुन्न पाए ..मेरो आफन्त र म एउटै टेबुलमा चिया खान थाल्यौं , र आफ्नो काम , सुख दुःखका कुरा सुरु भए हामी प्रायः पहिले देखी नै एक अर्काको काम र सुख दुखलाई सेर गर्छौ । त्यो दिन चियासंगै थप कुरा आए दिपा तिमी मनको सफा छौ म त सानै देखि तिम्रो सकारात्मक सोच र तिम्रो व्यवहारको तारिफ गर्छु तर एक जनाले तिमिलाई त्यो दिपा जस्तो घमण्डि केटि देखेको छैन भन्दा मलाई खल्लो महसुस भयो । उहाको यो कुराले मलाई केहि असहज त भएन तर के कारणले होला त म सोच्न बाध्य भए । समाजको बरिस्ठ र हुनेखाने नै रहेछन क्यारे ।
उहाको चिया प्रस्ताव इनकार पछि मेरो नाम घमण्डि बन्यो ठिक छ त उहाँको पनि सोच न हो भन्न त मिल्ला तर हरेक छोरी मान्छेलाई सहन सजह पक्कै छैन ।
चियाको स्वाद भन्दा गहिरो र मिठो त मलाई त्यो बरिस्ठको चिया प्रस्ताव इन्कार गरेको अनुभवको, संघर्षको, र स्वतन्त्र निर्णय लिन पाउँदाको बन्यो किनकी मेरो निर्णयले उसले मलाई चिन्ने मौका पायो । त्यो बरिस्ठ मात्र एक प्रतिनिधि पात्र हो , यस्ता खलनायक धेरै छन । मेरो उपनामको बदला त धेरै पहिले माफ गरिसके। तर त्यो चिया प्रस्ताव इन्कार मेरो लागि शिक्षा बन्यो किनकी ‘नाइँ’ को मूल्य कति र के हो भन्ने अनुभुती पाए ।
मैले बल्ल बुझे महिलाहरूका लागि “नाइँ भन्न सक्नु“ केवल शब्द होइन, जीवन परिवर्तन गर्ने शक्ति हुन सक्छ। विशेष गरी हाम्रो समाजमा, जहाँ महिलालाई सहनशील, नम्र र सधैं सहमत हुने उपनाममा राखिन्छ, त्यहाँ ‘नाइँ’ भन्नु विद्रोहजस्तै लाग्न सक्छ। तर यिनै नाइँहरू प्रेरणा बन्न सक्छन् — आत्मसम्मान, आत्मनिर्णय, र समानताको यात्राको सुरुवात हुन सक्ला कि ?
कस्ले के भन्ला , समाजले के सोच्ला , दुनियाँ के भन्छ यस्ता भ्रममा कतिपय निर्णय रोकिएका हुन्छन् । दुनियाँको कामै यहि छ तिमी बोल्दा पनि आलोचना खेप्न पर्छ नबोल्दा लाटोको उपनाम पाइन्छ तसर्थ कहाँ कुन बेला कस्तो कुरा बोल्ने भन्ने महसुस गर्नुहोस् र आफ्नो निर्णय लिन अडिग हुनुहोस् अनि बल्ल आफ्नो मुल्यांकन गर्न सक्नु हुन्छ ।
