शिखर पुजन जात्रामा देखिएको रौनकता (फोटो फिचर)

राष्ट्रकै सातौं धाम मालिकार्जुनमा शनिबार शिखर पुजन जात्रा भयो । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथिमा लाग्ने जात्रा यो वर्ष पनि भएको हो ।
लेकम गर्खाको मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशी तिथिमा शिखर पुजन जात्रा लाग्ने गर्दछ ।


शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अघि देखि नै चोखो खाना तथा दैनिक नुहाएर ब्रतबसी दर्शन गर्ने प्रचलन रहिआएको छ ।


शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन अर्थात शिव–पार्वतीको मुख्य बाँसस्थान रहेको भनाइ छ । शिखर पुजन जात्रामा दर्शन गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।


शिखर धामको दर्शन गरेमा मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहिआएको मालिकार्जुन मन्दिर विकास समितिका सचिव जनकसिंह धामी बताउँछन् मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ३ भण्डारी घर देखि सुरु हुने शिखर पुजन जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ । जहाँबाट मालिकार्जुनको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार