दार्चुला : दार्चुलामा सोमबार राति ७ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ तल्लासैनमा रहेको अपि रेस्टुरेन्ट भित्र जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका हुन् ।
मोहनसिंह बिष्टले संचालन गरेको अपि रेस्टुरेन्टबाट प्रहरीले नगद ५० हजार २०५ र २ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।


अपि रेस्टुरेन्टभित्र जुवाखाल, ७ जना समातिए





