घाइते एक जना र चालकलाई काठमाडौं लगियो

खोटाङको कपिलासगढी गाउँपालिका(२ खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका घाइते एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभयो। काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ पुगेका थिए।

पास्टर काजीबहादुर गम्भीर घाइते भएको कपिलासगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मिलन राईले बताउनुभयो । बारीमा अवतरणका क्रममा हेलिकप्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार