प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूकाे बिदाइ गरिएको छ । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गरिएका निर्वाचन प्रहरीकाे जिल्लाभरि ओैपचारिक कार्यक्रम गरि बिदाइ गरिएको हाे ।
फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी गाैरब महतले ओैपचारिक कार्यक्रम गरि उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरेका छन् ।
















