अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गर्नुभएको छ । उहाँले रातो पासपोर्ट फिर्ता गरेको बारेमा आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराउनुभएको हो ।आफूलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरेको उहाँको भनाइ छ ।
उहाँले अब आफू बिदा हुने क्रममा रहेको भन्दै आफूसँग सरकारी सम्पत्तिको नाममा एउटा रातो पासपोर्ट मात्रै रहेको र त्यो पनि फिर्ता गरेको बताउनुभयो ।







