दार्चुलामा रास्वपा सभापतिले निर्वाचनको मुखैमा पद त्यागे, प्रवेश गरे एमाले

दार्चुला । निर्वाचन आउन पाँच दिन मात्रै बाँकी रहँदा दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापतिले पद त्यागेका छन्। शैल्यशिखर नगरपालिका–६ का वडा सभापति मोहनसिंह धामीले आफ्नो पदबाट राजीनामा दिँदै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

धामीलाई नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेशसिंह ठगुन्नाले पार्टीमा स्वागत गरेका हुन् । शैल्यशिखर नगरपालिकामा घरदैलो अभियानमा व्यस्त रहेका ठगुन्नाले फुलमालासहित धामीलाई एमालेमा भित्र्याएका थिए।

धामी गत पुसमा सम्पन्न रास्वपाको वडा अधिवेशनबाट वडा सभापतिमा चयन भएका थिए। जिल्लाभर एमालेको पक्षमा जनलहर बढ्दै गएको निष्कर्षसहित आफू एमालेमा प्रवेश गरेको नेकपा एमाले प्रदेश कमिटी सदस्य मोहनसिंह धामीले जानकारी दिए। उनका अनुसार अहिले गाउँ–गाउँमा मतदाता तथा कार्यकर्तामा उत्साह बढ्दै गएको छ।

पूर्वमन्त्रीसमेत रहेका ठगुन्नाले विगतमा सुरु भएर अधुरा रहेका योजनालाई सम्पन्न गर्दै जिल्लाको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

धामी शैल्यशिखर नगरपालिका–६ पनेबाजमा सञ्चालनमा रहेको रेडियो लिपुलेकका सञ्चालक समिति निवर्तमान अध्यक्ष हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार