तेस्रो जितको खोजीमा ठगुन्नाको जिल्ला दौड, बृद्धबृद्धाको आशिर्वाद

आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गणेशसिह ठगुन्नालाई जिल्लाबासीले आशिर्वाद दिइरहेका छन् । जिल्लाभरि भेटघाटमा व्यस्त रहेका ठगुन्नालाई युवादेखि बृद्धबृद्धाले विजयको शुभकामनासहित आशिर्वाद दिइरहेका छन् ।

यसअघि २०७० सालमा संविधान निर्माणमा भूमिका खेलेका ठगुन्नाले ०७४ मा निर्वाचित भएपछि मन्त्री भएर जिल्लाको विकास निर्माणमा महत्वपूर्ण कामहरु अघि बढाए । आफु जिल्लाबाट प्रतिनिधि हुदा रोकिएका अधुरा काम पूरा गर्ने संकल्पसहित एमाले उम्मेदवार ठगुन्ना चुनावी मैदानमा छन् । तेस्रोपटक जितको खोजीमा अहिले घरदैलो अभियानमा व्यस्त रहेका छन् ।


जिल्लाको विकासको नेतृत्व ठगुन्नाले मात्रै गर्न सक्ने भन्दै नेता, कार्यकर्ता र मतदाता उत्साहित बनेका छन् । हरेक टोल बस्तीमा ठगुन्नालाई भेटेर आशिर्वाद लिइरहेका छन् । चुनावी अभियान अन्तर्गत ठगुन्ना नेतृत्वको मुख्य प्रचारप्रसार टोलीले शुक्रवार (आज) मालिकार्जुन गाउँपालिका वडा नं ४ देवधुरा, शैल्यशिखर नगरपालिका वडा नं ७ दोबाटो, देवथली, वडा नं ६ पनेबाज, मिलिमिलिमा मतदाता भेटघाट तथा प्रचारप्रसार कार्यक्रम गरेको जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार