दार्चुला — दार्चुलामा मदिराजन्य वस्तुको उत्पादन, बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य वस्तु सेवन र बिक्रीवितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले निर्वाचनको अन्तिम मत परिणाम घोषणा नभएसम्मका लागि प्रतिबन्ध लागू गरिएको जनाएको हो । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जिल्लाभित्र घरेलु मदिरा उत्पादन गर्न, सबै प्रकारका मादक पदार्थ बिक्रीवितरण गर्न तथा सेवन गर्न निषेध गरिएको जनाए । उनले फागुन १५ गतेदेखि जिल्लाभित्र ओसारपसारमा पूर्णरुपमा रोक लगाइएको बताए । फागुन १७ गते राति १२ः०० बजेदेखि सेवनमा समेत रोक लगाइएको छ ।
उनले जिल्ला प्रशासनले जारी गरेको सूचना विपरीत गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए ।


दार्चुलामा मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध




