तीनदिने आत्मरक्षा तालिम सम्पन्न

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका मा तिनदिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर –८ मा रहेको शंकरपुर माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाहररुका लागि आत्मरक्षाका लागि तीन दिने तालिम सम्पन्न भएको हो । विद्यालयमा अध्ययनरत बालिकाहरुकोे आफ्नो सुरक्षा गर्न आफै सक्षम हुनुपर्छ भन्ने उद्देश्यले आत्मरक्षा तालिम सञ्चालन गरिएको हो ।
शंकरपुर मावि पस्तिका कक्षा ६ देखि १२ सम्म अध्यनरत १२ वर्ष माथिका सबै बालिकालाई आत्मरक्षा तालिम दिइएको प्रशिक्षक माधव ऐरीले जानकारी दिए ।

किशोरीहरुलाई आफ्नो सुरक्षा आफै गर्न सक्षम बनाउने उद्देश्यले सामाजिक विकास कार्यालय दार्चुलाले विगत वर्षदेखि तालिम सञ्चालन गर्दै आएको प्रशिक्षक ऐरीले बताए ।

उनले भने– बालिकामाथि हिंसा भएमा सहयोग गर्ने, विभिन्न सङ्घसंस्था, महिला तथा बालबालिका शाखा, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरु छन् तर हिंसा हुनबाट बच्नको लागि बालिका आत्मरक्षा तालिम निकै महìवपूर्ण छ । आफ्नो घरको चार दिवार भित्रसमेत सुरक्षित नरहेका चेलीहरु घरबाहिर सुरक्षित हुनसक्ने अवस्था नरहेको भन्दै आत्मरक्षा तालिम कार्यक्रम विद्यालयमा अध्ययनरत बालिकारुका लागि महìवपूर्ण कार्यक्रम भएको सामाजिक विकास कार्यालय दार्चुलाले जनाएको छ ।
सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा संचालन गरिएको तीनदिने तालिम शनिबार आज सम्पन्न भएको सामाजिक विकास कार्यालय दार्चुलाका कर्मचारी प्रकाश ऐरीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार