मालिकार्जुनमा योग दिवस भव्यरुपमा मनाइयो

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा बिहीबार राष्ट्रिय योग दिवस मनाइएको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नाराका साथ ११ औँ राष्ट्रिय योग दिवस मनाइएको हो ।
सरकारले प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार यस वर्ष मालिकार्जुन गाउँपालिकाले योग दिवसको आयोजना गरेको हो । योगमय पालिका घोषणा भएको मालिकार्जुनमा विविध कार्यक्रम गरेर योग दिवस मनाइएको छ ।
योग प्रशिक्षक तथा मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार विद्यार्थीलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले पालिकास्तरमा विद्यार्थी, शिक्षक र योग प्रशिक्षकहरुको सहभागितामा योग दिवस मनाइएको बताए । उनले भने, ‘योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति हो ।’ मालिकार्जुनको भूमि योगको उद्गमस्थल रहेको तथ्यलाई शिरोधार्य गर्दै, योगलाई प्रत्येक नागरिकको दैनिक जीवनको हिस्सा बनाउनु पालिकालाई योगमय पालिका घोषणा गरिएको हो । योगको माध्यमबाट स्वस्थ्य समाज र समृद्ध नेपाल निर्माणमा टेवा पु–याउनु यस दिवसको मुख्य लक्ष्य रहेको उनले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार