दार्चुला । नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रदेश तथा निर्वाचन संयोजकहरूको जिम्मेवारी तोकेको छ। पार्टी केन्द्रीय सचिवालयको बैठकले चुनावी कमान्डर ताेकेकाे हाे ।
नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य गणेश सिंह ठगुन्नालाई दिइएको छ।
सुदूरपश्चिममा संगठन सुदृढीकरण, निर्वाचन रणनीति निर्माण तथा पार्टी गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी ठगुन्नाको काँधमा आएको छ।
ठगुन्नाले यसअघि दार्चुला कैलाली इन्चार्ज तथा सुदूरपश्चिमकाे सह इन्चार्जकाे जिम्मेवारी पूरा गरेका छन् । संगठन भित्र इमानदारी छवि निर्माण गरेका ठगुन्नाले अब सुदूरपश्चिममा एमाले उम्मेदवार निर्वाचित गराउन रणनीति तयार गर्नेछन् ।
संयोजकहरूलाई आगामी निर्वाचन केन्द्रित रणनीति, संगठन सुदृढीकरण तथा जनसम्पर्क विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको उपमहासचिव भट्टले बताएका छन् । पार्टीले यस निर्णयलाई संगठनात्मक पुनर्संरचना र चुनावी तयारीको महत्वपूर्ण चरणका रूपमा लिएको छ ।
यस्तै ठगुन्नाले सुदूरपश्चिमकाे साथै दार्चुला इन्चार्जकाे समेत जिम्मेवारी पाएका छन् । फागुन २१ गते ताेकिएकाे प्रतिनिधिसभा निर्वाचनको लागि ठगन्ना एकल उम्मेदवार सिफारिस भएका छन् ।







