दुहुँ गाउँपालिकाको आवासीय अनाथालयलाई डा. भट्ट दम्पतीद्वारा सामग्री सहयोग

दार्चुला । जियो मिनिरल रिजर्भ्स प्रालिका निर्देशक डा. सुरजप्रसाद भट्ट र उनकी धर्मपत्नी डा. विद्या भट्टले दुहुँ गाउँपालिकाद्वारा स्थापना गरिएको आवासीय अनाथालयका बालबालिकाको विभिन्न समाग्री हस्तान्तरण गरेका छन् ।
डा. भट्ट दम्पतीले दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालमार्फत आइतबार सामग्री हस्तान्तरण गरेका हुन् ।

अनाथालयका बालबालिकाको शैक्षिक, मनोरञ्जनात्मक तथा खेलकुद विकासलाई लक्षित गर्दै विभिन्न सामग्री हस्तान्तरण गरिएको छ।
दम्पतीद्वयले अनाथलयमा डिस होम सेट, साउण्ड सिस्टम (डिजे), कुर्सी, टेबुल, भलिबल तथा फुटबल सेट, ब्याडमिन्टन, क्रिकेट सामग्री, क्यारम बोर्ड, चेस, ज्योमेट्री बक्स, कलर पेन्सिल सेट लगायतका सामग्री हस्तान्तरण गरेकाे दुहुँ गाउँपालिका शिक्षा शाखा प्रमुख लाेकेन्द्र बमले जानकारी दिए ।

बालबालिकाको समग्र विकासका लागि गरिएको सहयोगप्रति डा. भट्ट दम्पतीप्रति गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिह बडालले धन्यवाद दिएका छन् ।

यस किसिमका सहयोगले आवासीय अनाथालयमा अध्ययनरत बालबालिकाको मनोबल वृद्धि हुनुका साथै उनीहरूको पठनपाठन, खेलकुद र सृजनात्मक गतिविधिमा थप सहजता पुग्ने भट्टले विश्वास गरे ।
भट्टले दुहुँ क्षेत्रमा खरि खानि उत्खननकाे काम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार