प्रतिनिधिसभा निर्वाचनका लागि एमाले दार्चुलाबाट ठगुन्ना एकल सिफारिस

दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाकाे नाम एकल सिफारिस गरेको छ ।

आज बसेको नेकपा एमाले दार्चुलाको नवाैं पूर्ण बैठकले ठगुन्नाकाे एकल नाम सिफारिस गरेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।

ठगुन्ना यसअघि ०७० र ०७४ मा निरन्तर निर्वाचित भएका थिए, भने ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काग्रेंसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडू विजयी भएका थिए ।
नेकपा माओवादी केन्द्र सँगकाे गठबन्धनबाट बडूले २८ हजार ५१५ मत ल्याएका थिए भने ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका थिए ।

बैठकमा बाेल्दै एमाले माथि चाैतर्फि घेराबन्दी भइरहेकाे बताए । उनले भने नेतृत्व हस्तान्तरण प्रकृया अघि बढिसकेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार