दार्चुला । गैरसरकारी संस्था महासंघ नेपाल, दार्चुलाको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार जिल्ला सदरमुकाम खलंगामा ताराकेशरी कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हाे ।
समाज कल्याण समाजकाे तर्फबाट कुँवर अध्यक्षमा चयन भएकी हुन् । यस्तै सामुदायिक ग्रामीण विकास समाज नेपालकाे तर्फबाट उपाध्यक्षमा अशोकराज ओझा, सारथि मिडिया नेटवर्कबाट सचिवमा नरेन्द्रसिंह कार्की, संकल्प दार्चुलाको तर्फबाट सहसचिवमा खडकसिंह ठगुन्ना र व्यासी साैका समाजको तर्फबाट कोषाध्यक्षमा शुक्लावती बुढाथोकी चयन भएकी छिन्।

त्यसैगरी सदस्यहरूमा प्रकाशसिंह सामन्त, पुष्पराज जोशी, कलावती जोशी, गगन विष्ट, राजेन्द्र धामी, विस्ना धामी, भगवती बडाल र विष्णु भट्ट गरि १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएका छन् ।
गैससमा हाल १३ वटा संस्था आवद्ध छन् । गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाका निर्वतमान अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षता भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू (कस्यप)को प्रमुख आतिथ्यता रहेको थियो भने गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई विशिष्ट अतिथि थिए ।
बन्द शत्रमा बाेल्दै अध्यक्ष कुँवरले जिल्लाभित्र क्रियाशील गैरसरकारी संस्थाहरूको सुदृढीकरण गर्दै सामाजिक विकासमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरिन् ।
नवपुस्ता सम्बाद
गैरसरकारी संस्था महासंघ दार्चुलाको पाचौं जिल्ला अधिवेशनकाे सन्दर्भमा जिल्लामा नवपुस्ता अन्तरसंवाद गरिएको छ । जिल्लामा क्रियाशिल राजनीतिक दल, नागरिक समाज र जेनजी पुस्ताको सहभागीतामा संवाद गरिएको हाे ।
खासगरी सुशासन भ्रष्टाचार नियन्त्रण, र राजनीतिक दलबीच निर्वाचन प्रकृयामा सहभागीता र जेनजी पुस्तालाई सँगै कसरी लिने विषयमा नव पुस्ता सम्बाद भएको हाे ।
प्यानल छलफलमा नेपाली काग्रेंसका पुस्करराज जाेशी, नेकपा एमालेका ज्ञानेन्द्र घर्ती, नेपाली कम्युनिस्ट पार्टीका खडकसिह धामी, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश सामन्त, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव सावित्रा घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेन्द्र सिह धामी, नवपुस्ताबाट खडक ठगुन्ना र कृष्ण सिह धामीले सहभागीता जनाए । कार्यक्रममा सहजीकरण पत्रकार नरेन्द्र कार्कीले गरेका थिए ।






