अपिहिमालमा साहसिक पर्यटनको नयाँ यात्रा

दार्चुला । दार्चुलाको दुर्गम क्षेत्र मानिएको अपिहिमालमा पर्यटनमा नयाँ नयाँ कार्य हुदैछन् । सुदूरपश्चिमकाे अपि हिमाल गाउँपालिकालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने याेजना अनुरूप पर्यटन सम्बन्धि कार्य हुँदै आएका छन् ।
याे मध्ये यसै साता अपि हिमाल गाउँपालिका नजिकैको जारकाेटमा एउटा फरक दृश्य देखियो। औपचारिक मञ्च, रिबन काट्ने परम्परागत शैलीभन्दा भिन्न चट्टानमै डोरी बाँधेर, रक क्लाइम्बिङ गर्दै रक एण्ड रेस्क्यु तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे बाेहराले गरे। उनी आफै चट्टान चढेर रक क्फाइम्बिङ चढेर सुरूवात गरे ।

याे कार्यले अपिहिमालले साहसिक पर्यटनको क्षेत्रमा नयाँ पाइला चालेको संकेत दिएको छ। नेपाल पर्यटन बोर्डमार्फत सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, दीघाे विकास परियोजना र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजनामा राेप एण्ड रेस्क्यु तालिम सञ्चालन भइरहेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको प्रशिक्षक तथा प्राविधिक सहयोगमा तालिम भएको हाे।


जारकोट क्षेत्रमा व्यवसायिक स्तरको रक क्लाइम्बिङ स्पोर्ट तयार गरेर तालिम सुरू गरिएको गाउँपालिका अध्यक्ष ठेकरे बाेहरा बताउँछन् ।

बाेहराले भने, यही चट्टानमा तालिमको अभ्यास, उद्धार प्रविधि र सुरक्षा सीप सिकाइँदै छ। रक क्लाइम्बिङका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई व्यवसायिक तालिम तथा सुरक्षित रक क्लाइम्बिङ सेवा प्रदान गर्न सहज हुनेछ ।

तालिमले स्थानीय युवालाई पर्वतीय क्षेत्रमा आवश्यक पर्ने डोरी प्रयोग, आपतकालीन उद्धार, जोखिम व्यवस्थापन र व्यावसायिक गाइडिङ सीपमा दक्ष बनाउने लक्ष्य लिएको बाेहराकाे भनाइ छ ।
बाेहरा थप्छन्, युवाहरूलाई पर्यटन क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्नुका साथै वैदेशिक निर्भरता घटाउँदै स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य तालिमले लिएको छ ।


अपि हिमाल क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम बढिरहेको बेला यस्ता पर्यटन गतिविधि निरन्तर हुनु आवश्यक छ ।
याे तालिमले साहसिक पर्यटन विकाससँगै स्थानीय अर्थतन्त्र चलायमान हुने, होमस्टे, यातायात, खाद्य तथा सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको स्थानीय बताउँछन् ।
हेमन्त बाेहरा भन्छन्, गाउँका ठूला चट्टान अब केवल प्राकृतिक सौन्दर्यमा सीमित नभई, सीप, साहस र सम्भावनाको पहिचान बन्दै गएको छ। डाेरीमा झुन्डिएर चट्टान चढ्नु सुरूमा निकै डर लागे पनि अब साहस थपिएको उनले सुनाए ।

सम्बन्धित समाचार

ताजा समाचार