मालिकार्जुन गाउँपालिकाकाे प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

दार्चुला । मालिकार्जुन गाउँपालिका दार्चुलाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ । गाउँपालिका अध्यक्षमा हिरासिह धामी निर्वाचित भएपछि शिलान्यास गरिएको प्रशासकीय भवन निर्माणकार्य अन्तिम चरणमा पुगेकाे हाे ।
भवन निर्माण भएर रङराेगनकाे काम चलिरहेको छ ।
विद्युत वाइरिङ, झ्याल ढाेका निर्माण सबै काम सकिएपछि कार्यालय नयाँ प्रशासकीय भवनबाट सञ्चालन गरिने गाउँपालिका अध्यक्ष धामी बताउँछन् । भवन निर्माणपछि सबै काम एउटै प्रशासकीय भवनबाट हुनेछ ।
पालिकाभरिका सबै वडा कार्यालयका भवन निर्माण गरिएको छ । सबैभन्दा अन्तिममा वडा नं. १ काे वडा कार्यालय भवन सम्पन्न भएकाे छ । सबै वडाका आफ्नै भवनपछि सेवा प्रवाहमा सहज भएको उनले बताए ।
अध्यक्ष धामी भन्छन् हामी जिम्मेवारीमा आएकाे तीन बर्षकाे अवधिमा पालिकामा १० वटा महत्त्वपूर्ण भवन तथा संरचनाका निर्माण भएका छन् ।
स्वास्थ्य तर्फका १० सैय्या अस्पताल सुचारु भएको छ । अस्पतालमा एमबिबिएस डाक्टरमार्फत सेवा प्रवाह भइरहेको छ ।
त्यसैगरी वडास्तरका वडा नम्बर २, ५ र ७ काे स्वास्थ्य चाैकी निर्माण भवन निर्माण गरिएको छ ।
यस्तै कृषि तथा पशुपंक्षि सेवा केन्द्र भवन, कृषि संकलन केन्द्र भवन, बहुउद्देश्यीय याेग तथा बैकल्पिक चिकित्सा केन्द्र भवन, याेग हल निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार