नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट पाँच जनाकाे नाम सर्वसम्मत सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न जिल्लाबाट चार पुरूष र एक जना महिलाको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
०६४ सालमा दार्चुलाबाट संविधान सभामा निर्वाचित लक्ष्मणदत्त जाेशी देखि ०७० सालमा उम्मेदवार बनेका ललितसिह ठगुन्नाकाे नाम सिफारिस गरिएको छ ।
यस्तै एकीकृत समाजवादीबाट मदनसिह धामी, युवाबाट नरबहादुर विष्ट र महिला बाट गंगाकुमारी महतराकाे नाम सिफारिस गरिएको नेपाली कम्युनिस्ट पार्टी दार्चुलाले जनाएको छ ।







