दार्चुला । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक शाखा कार्यालय दार्चुलाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार शमालिकार्जुन नमूना माध्यमिक विद्यालय धापलाई शैक्षिक प्रविधि सामग्री हस्तान्तरण गरेको छ । बैंकका इन्चार्ज रविन्द्र सिंह ठगुन्नाले विद्यालयका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीलाई औपचारिक रुपमा ल्यापटप, कलर प्रिन्टर, पेपरलगायतका सामग्री हस्तान्तरण गरेका हुन्।
शैक्षिक गुणस्तर वृद्धि र प्रविधिमैत्री शिक्षण सिकाइमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे ।
कार्यक्रममा बैंकका प्रतिनिधि तथा विद्यालयका शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो।

बैंकले आगामी दिनमा पनि स्थानीय विद्यालय तथा सामुदायिक विकासमा निरन्तर सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरेको छ।






