दार्चुलामा एचआईभी संक्रमितको संख्या ५१ पुग्याे, शैल्यशिखरमा सबैभन्दा बढि

दार्चुला । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा एचआईभी संक्रमितको संख्या ५१ पुगेकाे छ । जिल्लास्थित पत्रकार सँग गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लामा एचआईभी एड्सकाे अवस्था बारे जानकारी गराइएको हाे ।

स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख बीरेन्द्र भट्टका अनुसार जिल्लाभर हाल २६ पुरुष २४ महिला र १ जना बालबालिका गरी ५१ जना एड्स संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका छन् ।
जिल्लामा दुईवटा स्थानीय तहमा संक्रमितको संख्या शुन्य छ । अपि हिमाल गाउँपालिका र व्यास गाउँपालिकामा संक्रमित छैनन् ।
सबैभन्दा बढि शैल्यशिखर नगरपालिकामा ६ पुरुष र ८ महिला गरि १४ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । मालिकार्जुन गाउँपालिकामा ५ पुरुष र ७ महिला गरि १२ जना, महाकाली नगरपालिकामा ३ पुरुष र ५ महिला गरि ८ जना, लेकम गाउँपालिकामा ४ पुरुष ३ महिला र १ बालक गरी ८ जनाले औषधी सेवन गरिरहेका छन् ।
यसैगरी मार्मा गाउँपालिकामा ४ पुरुष र १ महिला गरि ५ जना, दुहुँ गाउँपालिकामा ३ पुरुष र नौगाड गाउँपालिकामा १ पुरुषले नियमित औषधी सेवन गरिरहेका छन् ।

एचआईभी संक्रमित व्यक्तिले नियमित ओैषधि सेवन गरेमा जाेखिम नरहने भट्ट बताउँछन् ।

सम्बन्धित समाचार

ताजा समाचार