नेपालमा राजनीतिक नेतृत्वको संकट र चुनौती

प्रकाशचन्द्र मिश्र – नेपालका राजनीतिक दलहरू आजभोलि साँच्चै एउटा अजीब चरणमा पुगेका छन्। विचारविहीन, एजेण्डाविहीन, अनुशासनविहीन, पारदर्शिताविहीन र जवाफदेहिताविहीन अवस्थामा दलहरू पुग्दा “खास नेता” र “टास नेता” छुट्याउन साँच्चै गाह्रो भएको छ। यो स्थिति कसरी आयो र यसको असर के छ भन्ने कुरा विस्तारमा लेख्दैछु।

विचारको खडेरी
पहिले कम्तीमा दलहरूबीच वैचारिक ध्रुवीकरण थियो – समाजवाद, लोकतान्त्रिक समाजवाद, उदारवाद, माओवाद, राजावाद आदि। आज ती सबै शब्दहरू केवल चुनावी नारा बनेका छन्।

१) नेपाली काङ्ग्रेस भन्छ – “लोकतन्त्र र समाजवाद”, तर नीति र व्यवहारमा न उदार लोकतान्त्रिक देखिन्छ न समाजवादी।

२) नेकपा (एमाले) ले “जनताको बहुदलीय जनवाद” भन्छ, तर व्यवहारमा व्यक्तिवादी गुटबन्दी र सत्ताकेन्द्रित राजनीति मात्र देखिन्छ।

३) माओवादीले “२१औँ शताब्दीको जनवाद” भन्थ्यो, अहिले त्यो शब्द पनि हराइसक्यो।
वैचारिक रिक्तताले दलहरूलाई “सत्ता प्राप्ति” मात्रैको माध्यम बनाएको छ। विचार नहुँदा नेता र कार्यकर्तालाई जोडेर राख्ने ग्लु हराएको छ।

एजेण्डाको अभाव
चुनावमा पनि अब राष्ट्रिय एजेण्डा भेटिँदैन।
क) २०७४ मा “समृद्ध नेपाल, सुखी नेपाली” भनियो, तर कसरी ? कुन मोडेल ? केही स्पष्ट भएन।

ख) २०७९ मा गठबन्धनहरू बने, तर ती गठबन्धन कुन मुद्दामा बनेका थिए ? केवल सत्ता बाँडफाँटका लागि।
एजेण्डा नहुँदा नेताहरूले “व्यक्तिगत आक्रमण”, “जातीय–क्षेत्रीय कार्ड”, “अर्को दललाई गाली” मात्र गर्न थालेका छन्। जनतासँग भन्नलाई केही बाँकी छैन।

अनुशासन र पारदर्शिताको पतन

  • एउटै दलमा ५–६ वटा गुट हुन्छन्, गुटको नेता नै “असली अध्यक्ष” जस्तो बन्छ।

-टिकट बाँडफाँटमा पैसा, सम्बन्ध र चाकडीले काम गर्छ, योग्यता र योगदानले होइन।

  • दलको सम्पत्ति, आय–व्यय कहिल्यै सार्वजनिक हुँदैन।

-भ्रष्टाचारमा मुछिएका नेतालाई पनि संरक्षण गरिन्छ (विभिन्न प्रकरणमा संलग्नहरूलाई अझै कारबाही भएन)।

-खेताला खोज्ने र नेता बनाउने” प्रतिस्पर्धा
अहिले दलहरूमा दुई किसिमका मान्छे मात्र खोजिन्छन्:
-)पैसा हाल्न सक्ने “खेताला” (व्यवसायी, ठेकेदार, तस्कर) – उनीहरूलाई टिकट दिइन्छ, चुनाव जिताइन्छ, अनि नेता बनाइन्छ।

-भीड ल्याउन सक्ने “मुस्लो पावर” “मुसल पावर” “मसल पावर “भएका युवा – उनीहरूलाई विभिन्न नामका फोर्स, भ्रातृ सङ्गठनमा राखिन्छ, हिंसा गर्न लगाइन्छ, अनि क्रमशः नेता बनाइन्छ।
योग्यता, इमान, अध्ययन, दृष्टिकोण भएका मान्छे दलमा टिक्दैनन्। टिक्नेलाई “अहङ्कारी”, “असहयोगी” भनेर पाखा लगाइन्छ।

=खास नेता र टास नेता छुट्याउन गाह्रो किन ?
किनभने दुवैले एउटै भाषा बोल्छन्, एउटै काम गर्छन्:
=) खास नेता भनिनेहरू (जसले सङ्घर्ष गरेका थिए) पनि सत्तामा पुगेपछि टास नेताकै शैली अपनाउँछन्।
=) टास नेता (पैसाले, गुण्डागर्दीले आएका) ले पनि “जनता–जनता” भनेर माइक समात्छन्।
उदाहरण:
=) २०५२ मा माओवादी जनयुद्धमा लागेका कतिपय साथीहरू आज करोडपति बनेका छन्, उनीहरूका छोराछोरी विदेशमा पढ्छन्।
=) काङ्ग्रेस–एमालेका पुराना नेता भनिनेहरूका सन्तान पनि विदेशमै छन्, यहाँ सम्पत्ति जोड्दैछन्।
अब “क्रान्तिकारी पृष्ठभूमि” र “लोकतान्त्रिक पृष्ठभूमि” को भेद पनि हराइसक्यो। सबै एउटै डुङ्गाका माझी बनेका छन्।

परिणाम के भयो ?

=) युवाहरू राजनीतिबाट टाढा हुँदैछन्। राम्रा मान्छे विदेश पलायन भइरहेका छन्।
=) राजनीति “पैसा र पावर” को खेल मात्र बनेको छ।
=) जनतामा “सबै उस्तै हुन्” भन्ने निराशा छ। यसले लोकतन्त्रलाई कमजोर बनाइरहेको छ।

अन्तमा नेपालको राजनीतिमा अहिले “नेतृत्वको सङ्कट” होइन, “नेतृत्वको अभाव” नै छ। जसले विचार दिन सकोस्, जसले एजेण्डा दिन सकोस्, जसले अनुशासन र पारदर्शिताको उदाहरण दिन सकोस् – त्यस्तो नेता आज कोही देखिँदैन। जसले देखिन्छ, ऊ या त सत्तामा छ र मौन छ, वा सत्ताबाहिर छ र आवाज उठाउन डराउँछ।
यो अवस्थामा “खास नेता” र “टास नेता” छुट्याउन गाह्रो होइन, साँच्चै असम्भव जस्तै भएको छ। किनभने खास नेता बन्ने आधार नै हराइसकेको छ।
यो लेख्दा मन अमिलो भयो, तर सत्य यही हो। आशा गरौँ, कुनै दिन फेरि विचार, इमान र योग्यताले ठाउँ पाओस् नेपाली राजनीतिमा शुभकामना !

सम्बन्धित समाचार

ताजा समाचार