दार्चुलामा दुई मतदान केन्द्र स्थानान्तरण गर्न सिफारिस

दार्चुला । दार्चुलाका दुई मतदान केन्द्रलाई स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरिएको छ । हाल रहेका मतदान केन्द्र भवन जीर्ण रहेका कारण दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको हाे ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा गर्न संरचनासमेत बलिया र मजबुत हुनुपर्ने मनसायका साथ दुई वटा मतदान केन्द्रलाई स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक अनिल पौडेलले जानकारी दिए ।

कात्तिक २७ गते बसेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लाको अपि हिमाल गाउँपालिका–६ मा रहेको महिला सङ्घ आधारभूत विद्यालय सितोलाको मतदान केन्द्रलाई नजिकै रहेको महिला सामुदायिक भवनमा स्थानान्तरणका लागि सिफारिस गरिएको छ । विद्यालय भवन जीर्ण तथा विद्यालय मर्ज भएका कारण मतदान केन्द्रलाई स्थानान्तरण गरिएको हाे ।

यस्तै नौगाड गाउँपालिका–३, जामिरस्थित सत्सङ्ग भवनमा रहेको मतदान केन्द्रलाई नजिकै रहेको आधारभूत अस्पताल जामिरमा स्थानान्तरणका लागि सिफारिस जिल्ला निर्वाचन अधिकारी प्रदीप धामीले बताए ।
नौगाड खोलामा आएको बाढीले हाल रहेको मतदान केन्द्रको प्राङ्गण बगाएको तथा भवन जोखिममा रहेका कारण मतदान केन्द्र स्थानान्तरण गर्ने निर्णय भएको उनकाे भनाइ छ ।

०७९ सालकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनकाे लागि दार्चुलामा ११२ मतदान स्थल र १४१ मतदान केन्द्र कायम भएको थियाे ।

सम्बन्धित समाचार

ताजा समाचार