लैङ्गिक हिंसा बिरूद्दकाे १६ दिने अभियान सुरू

दार्चुला । दार्चुलामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरू भएको छ । हरेक वर्ष नोभेम्बर २५ तारेखदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसा बिरूद्दकाे दिवस मनाइजे गरिन्छ ।

यो वर्ष ´प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अभियान सुरू भएको छ ।

दिवसको अवसरमा दार्चुलामा प्रभातफेरी र्याली निकालिएको छ । र्यालीमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री बिष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति देवराज जाेशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट लगायत सराेकारवालाहरूकाे सहभागिता रह्यो ।

हेर्नुहाेस् तस्बिरमा दिवस

सम्बन्धित समाचार

ताजा समाचार