जागरण सभामा ठगुन्नाले भने-‘यो सभा एमालेको टेलर मात्रै हो’

दार्चुलामा नेकपाल एमालेले जनसभा गरेको छ । ‘प्रतिगामी षडयन्त्र’ विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत सदरमुकाम खलंगामा जनसभा गरेको हो ।
पार्टीको देशभरका सदरमुकामहरुमा जनसभा गर्ने पूर्वघोषित कार्यक्रम अनुसार सदरमुकाम खलंगामा सद्भाव ¥याली तथा जनसभाको आयोजना गरेको हो । सद्भाव ¥यालीपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा जिल्ला इन्चार्ज गणेशसिह ठगुन्नाले आजको भेला टेलर मात्रै भएको बताए । उनले भने, ‘यो सभा हाम्रो अगुवा कार्यकर्ताको भेला हो । यो टेलर मात्रै हो । हजारौं जनसमुदाय ल्याएर कार्यक्रम ग¥यो भने सदरमुकाम खलंगामा अटाउदैनन् ।’
जनसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका ठगुन्नाले एमालेले गरेको विकासले जनता एमालेको साथमा छन् भन्ने पुष्टि गर्छ । एमालेको काम जनताको मनमनमा भिजेको छ । जनताको वास्तविक पार्टी एमाले भएको भन्दै युवादेखि बृद्धहरु एमालेसँग आत्मीय भएर रहेका छन् ।
सम्बोधनको क्रममा ठगुन्ना भन्छन्, ‘केहि अराजकहरुले एमाले पार्टी र नेतृत्वलाई गाली गर्दैमा पार्टी सकिदैन् ।’ लोककल्याणकारी काम हाम्रो पार्टी गरेको छ । सडक, विजुली, बाटो घाटो, स्वास्थ्य र सामाजिक सुरक्षाको काम पार्टीले गरेको हो । राष्ट्रियताको पक्षमा बलियो शक्ति भएककै कारण हाम्रो पार्टी र नेतृत्वमाथि प्रहार भइरहेको छ । यसको प्रतिकार जनताले आफै गर्नेछन् ।
एमाले कुनै हालतमा निर्वाचनबाट भाग्न नखोजेको भन्दै ठगुन्नाले भने, देशमा निर्वाचन गराउने माहोल सरकारले बनाउन सकिरहेको छैन् । जेलबाट भागेका हजारौं कदी बन्दी समातिएका छैनन् । प्रहरीका हतियार लुटिएका छन् । यस्तो अवस्थामा निर्वाचन शान्तिपूर्ण हुन सक्दैन् ।
नेकपा एमालेले सदरमुकाम खलंगाको दुई ठाउँबाट ¥याली निकालेको थियो । बाजागाजा तथा आ–आफ्ना भेषभुसासहित कार्यकर्ता ¥यालीमा सहभागि भएको नेकपा एमालेले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार