´परान´ फिल्म परानकै कथा

दीपा भण्डारी – एक वयस्क पिताको कथा जसले आफ्ना सन्तानसँग सम्बन्ध र अनुभूतिको मर्म खोजिरहेका छन्, नेपाली समाज, पारिवारिक सम्बन्ध र भावनात्मक मूल्यहरु समेटिएको चलचित्र हाे ।

म जस्तै आफ्नै देशमा पसिना बगाउने सपना देख्नेहरूका लागि प्रेरणा हो परान ।
हाल देशैभर प्रदर्शनमा आएको नेपाली फिल्म परानले नेपाली समाजको यथार्थता झल्काएको छ ।
परान केवल एउटा मनोरञ्जनको साधन नभई नेपाली युवाको मन, परिस्थिति र संघर्षको ज्वलन्त चित्रण हो भन्ने मेरो ठम्याइ छ।

सहर केन्द्रित बसाइँ र वैदेशिक रोजगारीले गाउँ रित्तिने जोखिम छ । गाउँमा वृद्ध–वृद्धा मात्रै छन् । उनीहरू घर छोडेका सन्तान फर्किने आशमा छन् ।

दैनिक हजारौं युवाहरू भविष्यको खोजीमा आफ्नो घरपरिवार, भाषा–संस्कृति र जन्मथलो छोडेर विदेशतिर धकेलिरहेका छन्। तर परानले देखाएको कथा भने स्वदेशमै केही गर्न सकिन्छ ।

आफ्नो जन्मेको माटोमै सम्भावना छ, पुर्खाको आर्जित सम्पतीहरुलाई जोगाउन पर्छ र आफ्नै देशमा पसिना बगाउने चाहना र मेहनत चाहिन्छ भन्ने संदेश दिन्छ।

यसले देशको वास्तविक जीवनशैली, गाउँ,ठाउँको परिवेश, समुदायको रहनसहन, भेषभूषा, जातजाति, धर्म, संस्कृति र गाउँको सामाजिक सम्बन्धलाई अत्यन्त जीवित र मौलिक रूपमा उठाएको छ।

फिल्ममा देखाइएका सम्बन्ध, पीडा, अपेक्षा र संघर्ष केवल कथाका पात्रहरूका मात्र होइनन्, ती हाम्रै घर, गाउँ र वरिपरिको वास्तविकता हुन्। परान हेर्दा आफ्नै कथा, आफ्नै समाज र आफ्नै मनको अवस्था पर्दामा देखिरहेको अनुभव हुन्छ ।

फिलिमका एक पात्र (निर विक्रम शाहा ) धर्मनाथ आचार्यको अभिनयले दर्शकको मन जितेको छ । उहाको अभिनयको कारुणिक कथा वास्तवामै नेपाली समाजका हरेक बुवाले भोग्न परेको छ । प्रदेशमा सपना बुनेका आफ्ना छोराछोरीका लागि अन्तिम श्वास कुरिरहेका हरेक बुवाहरूको लागि फिल्मका पात्र धर्मनाथ आचार्य प्रेरणाको स्रोत हुनुहुन्छ।

आफ्नै देशमा पसिना बगाउने दृढ चाहना भएका हरेक नेपाली नागरिकलाई आफ्नै देशमा गरी खाने सङ्घर्षको फराकिलो मैदान बनोस्। रोजगारीका अवसर सिर्जना हुन् ।

कुनै पनि नागरिकले आफ्नो देशलाई छोडेर प्रदेशको बाटो रोज्ने दिन नआओस्। मृत्युको पर्खाइमा रहेका आमाबुवाका लागि सन्तान ओखती हो। त्यसैले हरेक सन्तानले वृद्ध अवस्थामा रहेका आफ्ना आमाबुवाको हेरचाह गर्ने सौभाग्य मिलोस्।

सम्बन्धित समाचार

ताजा समाचार