मापसे चेकजाँच गर्ने ब्रेथलाइजर मेसिन हस्तान्तरण

शैल्यशिखर नगरपालिकाले मापसे चेकजाँचको लागि प्रहरीलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टले इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाटलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका हुन् ।

गत सोमबार मालिकार्जुनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले प्रहरीसँग मादक पदार्थ सेवन गरे नगरेको चेकजाँच गर्ने मेसिन नभएको रिपोर्टिङ भएको थियो । मालिकार्जुनमा हुने जात्राको अवसरमा मदिराका नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन आवश्यक रहेको भन्दै सुरक्षा समितिले स्थानीय तहलाई खरिद गर्न आग्रह गरेको थियो । सोही अनुसार शैल्यशिखर नगरपालिकाले दुई वटा मेसिन खरिद गरेर हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्टले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार