राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाले पदम राज खत्रीलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ। आइतबार दार्चुलामा आयोजित विशेष कार्यक्रममा उहाँलाई औपचारिक रूपमा संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।

कार्यक्रम राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीको अध्यक्षतामा सुरु गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका केन्द्रीय स्वप्रवक्ता पुर्णबाहादुर चन्द प्रमुख अथिति विषिट अथिति राप्रापा केन्द्रीय सदस्य तिर्थ राज चटौत ,उपस्थित हुनु भएको थियो भने विशिष्ट अतिथि नरेन्द्र धामी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।अध्यक्ष प्रकाश दयालीले नयाँ संयोजकलाई बधाई दिँदै पार्टी सुदृढीकरण, संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानमा सक्रिय भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो।

नव–नियुक्त संयोजक पदम राज खत्रीले आफूलाई दिइएको जिम्मेवारीप्रति धन्यवाद दिँदै संगठन बलियो बनाउन, नयाँ सदस्यहरू आकर्षित गर्न र जनताको हितका काममा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले पनि नयाँ संयोजकलाई बधाई र शुभकामना दिएका थिए।













