दार्चुला जिल्लाभरी कार्यक्षेत्र बनाएको केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले जिल्ला भित्र रहेका पन्ध्र कार्यालयहरुमा साधारणसभा गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।
कार्तिक २० गते देखि मंसिर ६ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा रहेका सहकारीका कार्यालयहरुमा साधारणसभा गरिने सहकारीका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।
२०६२ सालमा स्थापना गरिएको केदारनाथ सहकारीमा ४ हजार ६ सय ६० सेयर सदस्य छन् । सहकारीको आर्थिक बर्ष २०८१÷८२ सम्म २२ करोड ६० लाख रुपैँया ऋण लगानी गरेको छ ।
सहकारीले हाल बालबचत, पेन्सन बचत, ऋण तथा लगानीको क्षेत्रमा काम गर्दै आएको छ । बचतमा ५ देखि १३ दशमलब ७५ प्रतिशत ब्याजदर तथा ऋणमा ५ देखि १५ दशमलब ५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सहकारीले मोवाइल बैंकिङ, अत्याधुनिक मोवाईल सफ्टवयर मार्फत सेवा दिइरहेको कार्यकारी प्रमुख जोशीले बताए ।














