दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा–४ जोशीगाउँका प्रेमराज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बनेका हुन् ।

कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लिक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट शिक्षा हासिल गरेका थिए ।

२०७२ सालको एसइईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याएका जोशी पढाईमा अब्बल थिए । यस्तै उनले आईएस्सी नेपाल मेगा कलेज बबरमहल काठमाडौँबाट गरेका थिए । भने स्नातक तह (बिएएमएस) उत्तीर्ण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पस कीर्तिपुरबाट गरेका छन् ।

उनले त्यहाँ छात्रवृत्तिमा अध्ययन गरेका हुन् । आर्युवेदमा डाक्टर बन्ने उनी जाेशी गाउँका जाेशी पहिलो डाक्टर हुन् ।












