दार्चुला : महाकाली नगरपालिका-७ रैत्यौडामा अवस्थित लटिनाथ मन्दिरमा आज कात्तिक ११ गते जात्रा लाग्दैछ । हरेक वर्ष कात्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन लटिनाथ मन्दिरमा रात्रीकालिन जात्रा लाग्ने स्थानीय विशाल रैखाेलाले जानकारी दिए ।
जात्राको दिन विशेष सांस्कृतिक विधिद्वारा पूजापाठ, भक्तजनहरूद्वारा दीयो-बत्ती प्रज्वलन, भजन-कीर्तन जस्ता धार्मिक कार्यहरू हुने लटिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


रैत्यौडाको लटिनाथ मन्दिरमा आज रात्रीकालीन जात्रा




