जिपको ठक्कबार बृद्धको मृत्यु

दार्चुलामा जिपको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ । दार्चुला–तिंकर सडक खण्डको रिङ्गलतालमा हिड्दै गरेका पैदल यात्रु महाकाली नगरपालिका–४ का ७० वर्षीय मिलन लुहारको बोलेरो जिपको ठक्करबाट मृत्यु भएको हो ।
सुप ०४–००१ ज ००१७ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका लुहारको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । उपचारको लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएका लुहारलाई धनगढी रफर गरिएको थियो । उनको गोकुलेश्वर पुग्ने क्रममा मृत्यु भएको हो ।
प्रहरीले चालक व्यास गाउँपालिका-३ का ३८ वर्षीय कल्यानसिह धामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी बिक्रम बहादुर शाहीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार