पर्व सकियो तर शुक्रबार पनि तिहारकै बिदा !

दिदीबहिनीको हातबाट भाइटीका लगाएसँगै बिहीबार नै तिहार सम्पन्न भएको छ। तर तिहारको नाममा सरकारी बिदा भने शुक्रबार पनि छ।

यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ। नेपाल सरकारले पहिले(पहिले तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तीन दिन मात्र बिदा दिने गरेको थियो।
गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमै पनि यो वर्ष कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा उल्लेख छ। तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइटीकाकै बिचमा एक दिन बिदा थपिएको छ।

लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा अनावश्यक बिदा दिएको हो। सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन्। आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ।

केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो। तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन।

सम्बन्धित समाचार

ताजा समाचार