दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुलाको मार्मा गाउँपालिका–३ लटिनाथबाट बजानीतर्फ गइरहेको सु.प्र.प्र.०१–००१ ज १६६२ नम्बरको जिप शुक्रबार बिहान दुर्घटनामा परेको छ । जिप सोही गाउँपालिका–३ अन्तर्गत ओखडानी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दुर्घटनामा परि जिपका मालिक करबीरसिंह ठगुन्नाको मृत्यु भएको छ । जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी बिक्रम बहादुर शाहीले जानकारी दिए । जिपमा कति जना यात्रु सवार थिए भन्ने अझै खुलेको छैन् ।

सम्बन्धित समाचार

ताजा समाचार