दार्चुला — विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाका रूपमा सम्मान गरेको छ।
४५ ओैं विश्व खाद्य दिवसको अवसर पारेर पालिकालाई सुदूरपश्चिममै उत्कृष्ट पालिकाकाे रूपमा सम्मान गरेकाे हाे ।

“अर्गानिक अपि ” नाराका साथ अपिहिमाल गाउँपालिकाले विगत केही वर्षदेखि विसादीरहित कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

सो कार्यक्रमअन्तर्गत स्थानीय रैथाने अन्नजस्तै जौ, कोदो, फापर, चिनु, कागुनु, आलु, लसुन, मार्सी धान, मसला बाली र फलफूल खेतीमा अर्गानिक प्रविधि अपनाइएको छ।

पालिकाभित्र अर्गानिक स्याउ र ओखर उत्पादनमा विशेष प्रोत्साहन दिइरहेकाे अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बाेहराले बताए ।
बाेहराका अनुसार पालिकामा २ वटा कोसेलीघर स्थापना, जौको बिस्कुट र डालेचुक उत्पादन, होमस्टे र पर्यटकीय क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग तथा थोपा, पाइप र कुलो सिँचाइ प्रणालीको विस्तारमार्फत कृषकलाई सहयोग पु-याइँदै आएको छ।
पालिकाले प्रदेशकै उत्कृष्ट कृषिप्रवर्द्धन कार्य गरेको ठहर गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सम्मान गरेको अध्यक्ष ठेकरे बाेहरा बताउछन् ।
अध्यक्षले बाेहराले भने, यो सम्मान अपिहिमाललाई अर्गानिक अपिहिमाल बनाउन थप हौसला र प्रेरणा मिलेकाे छ। एग्रो टुरिजम प्रवर्द्धनमा पनि यसले नयाँ दिशा दिनेछ।