दार्चुला — जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार दार्चुलाबाट भदौ २४ गते राति फरार एक जना कैदीलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी निरीक्षक बिक्रम बहादुर शाही र सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको संयुक्त टाेलीले मङ्गलबार राति उमेशसिह कुँवरलाई पक्राउ गरेकाे हाे ।

उनलाई विशेष सूचनाको आधारमा राति १:३० बजे घरबाटै पक्राउ गरिएकाे छ।

महाकाली नगरपालिका -२ घर भएका कुँवर कर्तव्यज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सुनाएका व्यक्ति हुन् ।
