दार्चुलामा बस र जीप एक आपसमा ठोक्किए

दार्चुला । दार्चुलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । महाकाली राजमार्गको गोकुलेश्वर-खंलगा सडक अन्तरगत शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँज नजिक बस र जीप एकआपसमा ठाेक्किएका हुन् ।

दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको सु.प प्र. ०२००१ ख १५२३ नम्बरको बस र मालिकार्जुनबाट सदरमुकाम खलंगा जाँदै गरेको म १ ज २३९ नम्बरको जीप एक आपसमा ठोक्किएका छन् ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार