‘जेनजी’को प्रदर्शनका क्रममा भदौ २४ गते प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको गरिएको छ । काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।

सामाजिक सञ्जाल निष्क्रिय र भ्रष्टाचारविरुद्ध जेनजीले भदौ २३ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा काठमाडौंमा १९ युवा मृत्यु भएको थियो । त्यसपछि भदौ २४ गते देशभर प्रदर्शन चर्किएको थियो ।












