पार्टी फेरि उठाउन सकिन्छ : एमाले अध्यक्ष घर्ती

दार्चुला । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ज्ञानेन्द्र घर्तीले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन्।
उनले देश विभिन्न जालझेलमा परेको उल्लेख गर्दै बिखण्डनवादी शक्ति सक्रिय रहेको बताए।

“राष्ट्र र राष्ट्रियता मन नपराउने तत्वका कारण राजनीति उतारचढावमा पुगेको छ, नेकपा एमाले जिल्ला कमिटी दार्चुलाले संविधान दिवसको अवसरमा आयाेजना गरेकाे दिप प्रज्वलन कार्यक्रममा अध्यक्ष घर्तीले भने, तर यसलाई सुधार गर्दै अघि बढ्नुको विकल्प छैन,”

अहिलेकाे परिस्थितिमा हामी एकजुट एक ढिक्का हुनुकाे विकल्प नरहेको अध्यक्ष घर्तीकाे भनाइ छ ।

कार्यक्रममा पार्टी सचिव उमेशराज जोशीसहित एमालेका नेता कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूको सहभागिता थियो।

सम्बन्धित समाचार

ताजा समाचार