दार्चुलामा ५८ कैदीबन्दी कारागार फर्किए

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते दार्चुला कारागारबाट भागेका ७१ जना कैदीबन्दीमध्ये ५८ जना कारागार फर्किएका छन् । कारागारबाट भागेका केहि कैदीबन्दी कारागारको सम्पर्कमा रहेको जेलर सरीता चन्दले जानकारी दिइन् ।
कारागारमा फर्किएकामध्ये दुई जना जिल्ला बाहिरका कैदीबन्दी रहेका छन् । उनीहरु नख्खु र जग्गनाथ जेलबाट दार्चुला पुगेका हुन् ।
जेलर चन्दका अनुसार दार्चुला कारागारका तीन जना कैदीबन्दी बाहिर जिल्लाका कारागारमा हाजिर भएका छन् । उनीहरु कैलाली, बर्दिया र बैतडी कारागार पुगेका छन् । जेलर चन्दका अनुसार दुई जना कैदी कारागारको सम्पर्कमा रहेका छन् भने बाँकी कैदीबन्दीको खोजी कार्य भइरहेको छ ।
फरार रहेकाहरुको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी कार्य जारी भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । फरार कैदीबन्दी तथा थुनुवालाई तुरुन्त सम्पर्क गर्न र कानुनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरिसकेको छ । जिल्ला कारागारमा कूल ७७ कैदीबन्दीमध्ये ६ जना कारागारमै बसेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार