दार्चुला प्रहरी नेतृत्व फेरियाे : डिएसपी दाहाल गए, महत आए

दार्चुला । नेपाल प्रहरीका ९० जना डिएसपीहरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गरेको निर्णयअनुसार देशभरका डिएसपीहरूकाे सरूवा भएको हाे ।

जसअनुसार दार्चुलाका डिएसपी प्रकाश दाहाललाई जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा गरिएको छ । उनी एक वर्षअघि मात्र दार्चुला आएका थिए ।

दाहालकाे जिल्ला बसाइको क्रममा लागूऔषध नियन्त्रण, ठगी नियन्त्रण, चोरी नियन्त्रणजस्ता संवेदनशील मुद्दामा सफलता हात पारेका छन् । यस्तै जिल्लाभरि महिला हिंसा, घरेलु हिंसा, कानुनी सचेतना कार्यक्रम गरेका थिए । दाहालको उत्कृष्ट कार्यसम्पादनका कारण उनलाई आर्थिक वर्ष ०८१/०८२ काे कार्यसम्पादन मुुल्याङ्कनमा प्रदेश तहमै उत्कृष्ट जिल्लाकाे रूपमा सम्मानित गरेकाे थियाे ।

दार्चुलामा दाहालको सरूवासँगै बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अनुसन्धान शाखा हेटौंडाबाट डिएसपी गौरब महत आउने भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार