भावना जोशी ।
मानव जीवन एक संघर्षशील यात्रा हो । मानव संसारमा आमाबुबाको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । उनीहरु बिना हाम्रो अस्तित्व सम्भव हुँदैन । मानव जीवनको पहिलो भगवान वा पाना खोल्ने काम आमा बुबाको हुन्छ । त्यसैगरी मानव जीवनका हरेक सुःख दुःखमा उनीहरुको भूमिका अपरिहार्य हुन्छ । त्यसैले संसार भरिका मानवका लागि पहिलो दृश्य भनेको आमाको मुस्कान हो र पहिलो सुरक्षाको हात भनेको बुबाको अँगालो हो ।

आमा भन्ने शब्द आफैँमा सुगन्ध हो । आमाको महिमाको हामी वर्णन गर्न पनि सक्दैनौँ । हाम्रो जन्म देखि लिएर हामी नमरुन्जेल सम्म आमाको भूमिका महत्त्वपूर्ण हुन्छ । आमाले एउटा शिशुलाई नौँ महिना कोखमा राखेर प्रसुति पिडा सहेर मात्रै शिशुलाई जन्म दिएकी हुन्छिन् । जब शिशुले पहिलो पटक रुन थाल्छ, त्यो समयमा मात्रै आमा खुसी हुन्छिन् । त्यो समय बाहेक अरु समयमा शिशु दुःखी हुन्छ भने आमा पनि दुःखी हुनुहुन्छ । त्यसैले आमाको माया हरेक एउटा मानवको लागि करुणाको सागर हो । उनीहरुले आपना जतिसुकै ठुला दुःख ,पिडा र कष्ठलाई कहिल्यै पनि सन्तानको सामु देखाउँदैनन् । त्यति मात्र नभएर निन्द्रामा पनि छोराछोरीको चिन्ता गर्ने र आफूले नखाएर पनि छोराछोरिको चिन्ता गर्ने र आफूले नखाएर पनि छोराछोरी लाई खुवाउने निस्वार्थ मायाकी खानी भनेकै आमा हुन् । आमाको माया संसारकै अमूल्य मूल्य हो , नत यसलाई नापन सकिन्छ , नत तौल्न सकिन्छ ।नत यसलाई कुनै पनि मूल्यले किन्न वा जोख्न सकिन्छ ।

यदि आमा ममताकी सागर हुन् भने बुबा परिवारको मेरुदण्ड वा हिरो हुन् । बुबा त्यस्ता व्यक्तित्व हुन् जुन प्राय मौन बसेर परिवारको लागि आफ्नो सारा जिवन नै आफ्नो परिवार र छोराछोरीको भविषयको लागि खर्चन्छन् । बुबा परिवारको आधार स्तम्भ पनि हुन् । जसले बिहान देखि बेलुकी सम्म भोक र प्यास नभनीकन अहोरात मेहेनत गरेर परिवारको अन्न देखि लिएर सम्पूर्ण आवश्यकता र छोराछोरीको उज्जल भविष्यका लागि गुणस्तरीय शिक्षा दिनुमा बुबाको भूमिका अपरिहार्य रहेको हुन्छ।यदि आमाको माया न्यानो घाम हो भने बुबा घामलाई ढावने बादल हुन् । बुबाको माया कहिल्यै प्रकट हुँदैन तर कर्म र बलिदानमा झल्किन्छ । आफ्नो थकाईलाई लुकाएर परिवारलाईखुसी दिने व्यक्ति भनेकै बुबा हुन् । बुबा कठोर भएपनि बुबाले त्यो कठोर व्यवहार नराम्रो गर्न खोजे हैन । उहाँको त्यो कठोर व्यवहार भनेको छोराछोरीको भविष्यको चिन्ता हो । जीवनका कठिनाई सँग सामना गर्न , परिश्रम र इमान्दार बनाउन , केही बन्ने सपना देख्न र त्यसलाई पुरा गर्न हौसला दिने र प्रेरित गर्ने व्यक्ति भनेकै बुबा हुन्।
आमा र बुबा दुवै भगवानका जीवित रूप हुन्। उनीहरुले गरेको माया ,प्रेम , त्याग, समर्पणले गर्दा मात्र जीवन सफल र राम्रो बन्न सक्छ । आमा र बुबाको अभावमा पुरै संसार अधुरो , निरास र अपूर्ण हुन्छ । आमाबुबाको माया छोरा(छोरीप्रति मिस्वार्थ हुन्छ । त्यसैले मानव जीवनमा आमा बुबाको भूमिका महत्वपूर्ण छ

आजको व्यस्त जीवनशैलीमा धेरै सन्तानहरु आमा बुबालाई समय दिन सक्दैनन् । कतिपय अवस्थमा वृद्ध अवस्थामा उनीहरुको स्याहार गर्नुका साथैँ वृद्धाश्रम मा छोडेर आउँछन् । जसके गर्दा उनीहरूलाई बुढेसकालको अवस्थामा जीवन बिताउन अप्ठयारो हुन्छ । आजको आधुनिक अवस्थामा मानिसहरू दिनप्रति दिन स्वार्थी बन्दै गइरहेका छन् । यो हाम्रो समाजको लागि दुःखद पक्ष हो । हामी जति नै ठुलो व्यक्ति बनेपनि हामीले सधैँ आमा बुबालाई सम्मान , माया र सहारा दिनु पर्छ । वृद्धा अवस्थामा उनीहरुको बुढेस कालको सहारा दिनु पर्छ । वृद्धा अवस्थामा उनीहरुको बुढेसकालको सहारा बनेर उनीहरुको सेवा गर्नु नै हाम्रो ठुलो कर्तव्य हो ।
आमा र बुबाको माया समयभन्दा पनि ठुलो र स्थानभन्दा पनि वृहत हुन्छ । उनीहरुको सम्मान र माया गर्नु जीवनलाई सम्मान गर्नु हो । संसारमा अंसख्य मित्र , धन , सम्पति र घर पाइन्छ तर आमा बुबाको माया र स्थान कसैले पनि लिन सक्दैन । त्यसैले जीवनमा जहाँ पुगिए पनि उनीहरुको सम्मान गर्नु , सेवा गर्नु, स्याहार गर्नु ,माया गर्नु हामीले कहिल्यै भुल्नु हुँदैन ।
लेखक
दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी